शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीले अब अमेजनसँग प्रतिस्पर्धा गर्ने, जियो मार्टमार्फत् बेच्नेछन् सामान

शुक्रबार, १८ पुस २०७६, ०७ : १२
शुक्रबार, १८ पुस २०७६

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज अब इ–कमर्सको क्षेत्रमा उत्रिएको छ जहाँ उनले अमेजन र फ्लिपकार्टजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको छ जसले घरमा चहिने अत्यावश्यक सामानको डेलिभरी गर्नेछ ।

यो सेवा रिलायन्स इन्डष्ट्रिजका दुई सहयोगी कम्पनी रिलायन्स रिटेल र रिलायन्स जियोले संयुक्त रुपमा चलाउनेछ ।

कम्पनीको लक्ष्य आफ्नो मोबाइल फोन ग्राहकलाई यो सेवासँग जोड्नु हो जसको संख्या निकै ठूलो छ ।

रिलायन्स जियो भारतको दोस्रो सबैभन्दा ठूलो टेलिकम कम्पनी हो जसको ग्राहकको संख्या ३६ करोडभन्दा पनि बढी छ ।

कम्पनीले आफ्ना ग्राहकलाई यो सेवाका लागि साइन–अप गर्न आमन्त्रित गरिरहेको छ ।

जियोमार्टले आफूसँग लगभग ५० हजार सामान भएको र ती सामान आफ्ना ग्राहकलाई ‘निःशुल्क र द्रुत गतीमा’ डेलिभरी गर्ने बताएको छ ।

यसका लागि उसले आफ्नो प्रतिस्पर्धीभन्दा अलग व्यवस्था गरेको छ । रिलायन्सले आफैंले सामान डेलिभरी गर्नुको साटो ग्राहकलाई एक एपमार्फत् लोकल स्टोर्ससँग जोड्नेछ र ती स्टोरले सामान ग्राहकसम्म पुर्याइदिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप