कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको पराकम्प
बिहीबार, १७ पुस २०७६, २२ : २६

काठमाडौँ । कास्कीमा बिहीबार राति भूकम्पको झड्का महसुश भएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको पनि केन्द्रले जनाएको छ।
सो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिकै पराकम्प भएको पनि केन्द्रले स्पष्ट पारेको छ ।