सिद्धबाबा रिहाइको आदेशविरुद्ध उच्च अदालतमा मुद्दा
बिहीबार, १७ पुस २०७६, २१ : १३
काठमाडौं । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे जिल्ला अदालतले गरेको निर्णयका विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
बलात्कार गरेको अभियोग पक्राउ परेका सिद्धबाबालाई गत सोमबार सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सो आदेश त्रुटीपूर्ण भएको ठहर गर्दै त्यसको बदरको माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । जसमा जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबालाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण