उखु किसानको आन्दोलनमा काँग्रेसको समर्थन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उखु किसानको आन्दोलनप्रति समर्थन जनाएको छ । बिहीबार पार्टी पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उखु किसानको आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उखु किसानहरुको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।,’
उखु किसानले रकम भुक्तानी माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन गरेको महिना दिन पुग्न लाग्दा समेत भुक्तानी दिलाउन सरकारले गम्भीर पहल नगरेको विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।
सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने काँग्रेसको ठहर छ । त्यसका विरुद्ध पुस २८ गते ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई विरोध पत्र बुझाउने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन
-
बल्ल कार्यान्वयन आयो ‘मुख्यमन्त्री डिजिटल शिक्षा तथा नमुना विद्यालय’ कार्यक्रम
-
अलपत्र पर्यो सरकारले ल्याएको अध्यादेश, सत्तारुढ दलको निर्णय नै कार्यान्वयन भएन
-
प्रकृति लम्सालको मृत्यु प्रकरणका दोषीलाई कारबाही गर्न एकीकृत समाजवादीको माग