उखु किसानको आन्दोलनमा काँग्रेसको समर्थन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उखु किसानको आन्दोलनप्रति समर्थन जनाएको छ । बिहीबार पार्टी पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उखु किसानको आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उखु किसानहरुको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकार समक्ष जोडदार माग गर्दछ ।,’
उखु किसानले रकम भुक्तानी माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन गरेको महिना दिन पुग्न लाग्दा समेत भुक्तानी दिलाउन सरकारले गम्भीर पहल नगरेको विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।
सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने काँग्रेसको ठहर छ । त्यसका विरुद्ध पुस २८ गते ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई विरोध पत्र बुझाउने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण