बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

बिहीबार, १७ पुस २०७६, १८ : ४६
बिहीबार, १७ पुस २०७६

पोखरा– टीभीएस मोटर कम्पनी दुई पाङग्रे र तीन पाङग्रे गाडीहरुका लागि प्रतिष्ठित निर्माताले आज टीभीएस एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक गरेको छ ।

कार्यक्रममा टीभीएस एनटर्क १२५ की ब्राण्ड एम्बेसेडर स्वस्तिमा खड्का र जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले पोखराका पहिलो १० जना ग्राहकहरुलाई टीभीएस एनटर्क १२५ रेस एडिसन हस्तान्तरण गरेका छन् । 

यो रेस एडिसनमा एलइडी डीआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउछ । यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको छ ।

टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले भने, ‘टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको छ । यसको आकर्षक एपिरियन्स र टीभीएस स्मार्ट एक्स कनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ । यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो । विश्वभर आज एनटर्कमा करिब ४ लाख भन्दा बढि युवा उपभोक्ताहरु छन् र यो सार्वजनिकसँगै अझ बढि ग्राहकहरु विकास गर्ने कुरामा हामी विश्वस्त छौं ।’

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको बताए । उनले स्कुटर तल्कालै सबैमाँझ लोकप्रिय बन्न पुग्नेमा ढुक्क भएको र रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने बताए ।

टीभीएस एनटर्क १२५ नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ । यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ – टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन् ।

सन् २०१८ सेप्टेम्बरमा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ले आफ्नो लक्षित ग्राहक–जेन जेडबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यो स्कुटर स्टेट–अफ–आर्ट ऋख्त्ष्(च्भ्ख्ख् १२४.७९ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३ भल्भ, एयर कूल्ड इन्जिन रहेको छ जसले ९.४ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप