शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल : एपिएफको पहिलो जित

बिहीबार, १७ पुस २०७६, १८ : ४१
बिहीबार, १७ पुस २०७६

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो  ।

जितसँगै एपिएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अङ्कविहीन रहँदै अङ्कतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपिएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अङ्क जोडेको छ ।

एपिएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । 

त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आशिषले गोल गरेलगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप