नेपालको आफ्नै मौलिक भवन संहिता निर्माण
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सक्रियतामा राष्ट्रिय भवन संहिता परिमार्जन भएको छ ।
सहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बुधबार बसेको बैठकले परिमार्जित संहिता पारित गरेको हो ।
२०७२ बैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन)ले यस सम्बन्धमा काम गरेको हो ।
संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलिक भवन संहिता निर्माण भएको छ । यसअघि राष्ट्रिय भवन संहिता भारतीयलगायतका भवन संहितामा आधारित थियो ।
अब परिमार्जित सहिंताअनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ ।
केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको जानकारी दिए ।
“यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन सहिंता हो । हामीले भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माण मात्र गरेका छैनौं, त्यसको संहिता पनि परिमार्जन गरेका छौं ।”
केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (भवन) ले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको हो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत अन्तरक्रिया तथा कार्यशालाहरु गरिएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिनुए ।
संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ ।
संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु