केन्द्रीय संस्करण
बहस

चुनौतीको बेलामा नै रचनात्मकता आउँछ

क्रान्ति वैकल्पिक जीवन शैलीको परिकल्पना : वैकल्पिक राज्यसत्ता मात्र होइन, वैकल्पिक सभ्यताको कुरा

person explore access_timeपुस १७, २०७६ chat_bubble_outline0

 

स्थायी सत्तालाई सम्झाइबुझाइ गरेर परिर्वतन सम्भव छ र ? एक शब्दमा भन्ने हो भनेसम्झाइ बुझाइ गरेर परिर्वतन हुँदैन ।  दोस्रो वाक्य त्यसमा थप्ने हो भने त्यो सम्झाइबुझाइको पछाडि ठूलो दवाव दिन सक्ने पनि क्षमता छ भने सम्झाइबुझाइले काम गर्छ ।  नभए सम्झाइबुझाइले काम गर्दैन ।

यी दुईवटै काम कसरी गर्ने ?

पहिले सम्झाइबुझाइको कुरा गरौं । सम्झाइबुझाइका माध्यमहरुमा एउटा यस्तै बसेर कुराकानी गर्ने हो ।  तर्क गर्ने माध्यम पनि छ । तर्क गरेर बहस गरौं । यसको समस्या के भइदियो भने दलितको प्रतिनिधित्व गर्ने कुनै बेला हिरालाल विश्वकर्मा आउथे  । अहिले पनि त्यस्तै आउँछन् । जनजातिको प्रतिनिधित्व गरेर बुद्धिमान तामाङ आउँछन्, अहिले पनि त्यस्तै  खोजिन्छ । मधेशीको प्रतिनिधित्व गर्ने बेलामा बेदानन्द झा, भोला झा, डम्बर नारायण यादव; अहिले पनि त्यस्तै खोजिन्छन् । थारुको प्रतिनिधित्व गर्ने फत्तेसिंह थारु अथवा पर्सुनारायण चौधरी जस्ताहरु; अहिले  पनि त्यस्तै खोजिन्छ ।


अब अहिले नेकपा दोहोरोमा भएकाहरु कम त छैनन् होला त्यहाँ पनि ! थारु जनप्रतिनिधि अथवा  जनजाती प्रतिनिधिहरु कम त छैनन् । अनि किन त्यत्रो बहुमतले निर्वाचित जनप्रनिधिलाई  अस्पतालमा पनि नेल हालेर राख्नुपर्छ ? त्यो त तिम्रो ठाउँ यो हो भनेर देखाएको हो ।


आफ्नो कुरा तिनको मुखबाट भन्न लगाउने प्रतिनिधि भएपछि तिनले कस्तो तर्क बहस गर्लान् ? प्रतिनिधीमार्फत् बहस गराउन नसकिने भयो । अब अहिले नेकपा दोहोरोमा भएकाहरु कम त छैनन् होला त्यहाँ पनि ! थारु जनप्रतिनिधि अथवा  जनजाती प्रतिनिधिहरु कम त छैनन् । अनि किन त्यत्रो बहुमतले निर्वाचित जनप्रनिधिलाई  अस्पतालमा पनि नेल हालेर राख्नुपर्छ ? त्यो त तिम्रो ठाउँ यो हो भनेर देखाएको हो ।  पहिलो त जेल हाल्नु नै गलत थियो । अदालतले के आधारमा  सजाए दियो ? त्यो पनि विचारणीय छ । त्यसमाथि पनि यो के गरेको हो ? अनि बहस गर्नेहरु कहाँ गए त ?!

भनेपछि तर्कको माध्यमबाट सम्झाइबुझाइ गर्न कठिन हुने भयो ।

तर्क पछि दोस्रो अभिव्यक्तीको माध्यम हुन्छ । अभिव्यक्तिको माध्यममा एउटा ‘टेक्सुअल’ अर्थात् पाठ्यमाध्यम, लेख्यमाध्यम हुन्छ । अर्को ‘नन टेक्सुअल’ अर्थात् पाठ्यइतर माध्यमहरु, मूर्तिकला, चित्रकला, गीत संगीत, नृत्य लगायत गैरलेख्यमाध्यमहरु हुन् ।

पहिला लेख्यमाध्यमको कुुरा गरौ ।

लेख्य माध्यममा तथ्य चाहिन्छ । तथ्यको उत्पादन कसले गर्छ ? तथ्यको उत्पादन सत्ताले गर्छ । थारुको बारेका पुस्तक लेख्ने को हो ? रिफेरेन्स मिटिरियर चाहियो ! त्यो कसले बनाएका वा लेखिदिएका छन् ? प्रज्ञाप्रतिष्ठानको शब्दकोष अहिले पनि मसँग छ, पछि धेरै हल्ला भएपछि त्यो हटाइयो । यसमा थारुलाई जङगलमा विचरण गर्ने असभ्य जाती भनेर लेखेको छ । म त्यो हेर्दाखेरि  छक्क परेको थिएँ किनभने म महोत्तरीको मान्छे, हाम्रोतिर थारुको अर्थ धनीमानी हुन्थ्यो ।


प्रज्ञाप्रतिष्ठानको शब्दकोष अहिले पनि मसँग छ, पछि धेरै हल्ला भएपछि त्यो हटाइयो । यसमा थारुलाई जङगलमा विचरण गर्ने असभ्य जाती भनेर लेखेको छ । म त्यो हेर्दाखेरि  छक्क परेको थिएँ किनभने म महोत्तरीको मान्छे, हाम्रोतिर थारुको अर्थ धनीमानी हुन्थ्यो ।


बछार, गच्छेदार, ताबेदार, पजियार भन्ने राणाहरुसँग जोडिएका हुन्थे । पजियार भनेको अभिलेख राख्ने मानिस, कसको जग्गा कति भनेर लागत राख्ने भए । ताबेदार भनेको राजाको शिकार खेल्न जाँदा सँगै बस्ने मान्छे हुन्थे । गच्छेदार भनेको तिनका लागि खानपिनको व्यवस्था गरिदिने मानिस हुन्थे । त्यस्ता मान्छेहरुलाई के भन्छ यो शब्दकोषले ?! शब्दकोष शब्दकोष बनाउने मान्छे म जस्तो महोत्तरीको पढालेखा भएपनि मधेशी त  थिएन । शब्दकोष त नेपालीको हो, मैथलीको भए मैले कहीँकतै लेख्ने थिइनँ त्यस्तो कुरा  ।

म थारु साथीहरुले लेखेको लेखहरु पढिरहेको हुन्छु कहिलेकाहीँ । त्यहाँ बडा जान्ने भएर रेफरेन्स लेखिरहेका हुन्छन्. । त्यो रेफरेन्समा बाबुराम आचार्य, सुर्यप्रसाद ज्ञावली वा रितेश साहले यसरी लेखेका छन् भनेर उल्लेख गरिएका हुन्छन् । त्यो  रेफरेन्स हेरिसकेपछि मलाई पढ्न मन लाग्दैन । तिनले के लेखेका होलान् र ? तिनलाई रेफरेन्स बनाएर कुनै थारु विद्वानले लेख्नुभएको छ भने उहाँले के लेख्नुभएको छ भनेर त्यो नपढिकन अन्दाज  गर्न सक्छु । त्यो भनेको तत्कालीन एमाले, माओवादी, नेपाली कांग्रेस अथवा दरवारको प्रचार होला । पुँजीपतिको वा आधुनिकताको प्रचार होला । त्यो भन्दा बाहिरचाहिँ हुँदैन । रेफरेन्स नै छैन ।

त्यसैले  लेख्य अभिव्यक्तिमा सीमान्तकृत,बहिष्कृतहरुको कुरा आउने हो भने अरु विद्ता छाट्नुभन्दा पनि भावनाको  अभिव्यक्तिका कुराहरु कविता, नाटक,  कथाहरु लेखिनुपर्छ, जहाँ तिनको कुरा बलियोसँग आउछ । दलितको बारेका लेखेको पँचासौ किताबभन्दा बढी आहुतिजीले बडो रिसर्च गरेर ठूल्ठूलो पुस्तक लेख्नुभएको छ । त्यो पढ्ने हो भने हर्वट इन्सटनको विदनले लेखेको जस्तो पुस्तक छ । तर यसले के गर्छ भने एकदम आफ्नो एउटा नमुना छ । उहाँलाई समावेश गरेर धेरै अम्बेडर आदिले धेरै लेखिसक्नुभयो । के गर्ने कसैले सुन्दैन । किनभने  त्यो भाषा नै अर्कै हो, त्यो भाषामा तपाई हामी सक्दैसक्दैनौ ।


दलितको बारेमा लेखेको पचासौँ किताबको विसे नगर्चिको बयान श्रवण मुकारुङले कविता लेखिदिए । त्यसले जति गर्‍यो ती पचासवटा पुस्तकले गर्न सकेन । त्यसैले बहिष्कृत, सीमान्तकृतको कुरा लेख्यमाध्यममा आउने हो भने भावनात्मक भएर आउनुपर्छ ।


दलितको बारेमा लेखेको पचासौँ किताबको विसे नगर्चिको बयान श्रवण मुकारुङले कविता लेखिदिए । त्यसले जति गर्‍यो ती पचासवटा पुस्तकले गर्न सकेन । त्यसैले बहिष्कृत, सीमान्तकृतको कुरा लेख्यमाध्यममा आउने हो भने भावनात्मक भएर आउनुपर्छ । हो बहसको लागि विद्वतमाध्यम पनि तयार पार्नुपर्छ, तथ्य आधारित पनि हुनुपर्छ । तर त्यो तथ्यहरु रिफ्रेन्सहरुबाट जाने होइन कि फिल्ड रिर्सजबाट आउनुपर्छ ।  टिकापुरको के कुरा भएको भनेदेखि आजभन्दा धेरै लामो जानु पर्दैन । २० वर्षपछि पाठ्यासामाग्रीको कसैले रिसर्च गर्‍यो भने रेशम चौधरीलाई जेलमात्रै हालेछन्,  तिनलाई किन नझुन्डाएका भनेर भन्न सक्छन् । सबै अखवारमा त्यहीँ छ । रिसर्च गर्नेहरुले त त्यही फेला पार्ने हुन् । टिकापुरको मान्छेले के भन्थे भन्ने कुरा भने त फेला पार्दैन ।

तथ्यगत्त कुरालाई लेख्यसामग्रीमा जाने हो भने । सोझै फिल्ड रिसर्चबाट ल्याउनुपर्छ  । प्रकाशित पुस्तक, अखवारहरुबाट होइन । थारुको बारेको बारेमा रिसर्च गर्ने अनि विश्वपुराणमा के लेखेको छ भनेर खोजेर पाउँछ त ? प्रिस्टन वा हावर्डका कुनै प्रध्यापकले लेखिदिएको त छैन ! त्यो जानु प¥यो नि !

मैले अघि नै भनें, म बर्दिया, कञ्चनपुर कैलाली जाँदा थारु गरीब हुन्छन भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।  मेरो बच्चामा परेको छाप,  हाम्रो क्षेत्रको थारुहरु त धनी हुने । वाहा ! यो त गजब रहेछ जस्तो लागेको थियो । त्यो फिल्ड रिसर्च नगरिकन प्रकाशित पुस्तकको आधारमा आफ्नो आँखा अगाडि देखेको कुराको मात्रै लिने हो भने लेख्यमाध्यमको त्यो एउटा सीमितता देखिन्छ । लेखिएको तथ्य वा सन्दर्भ सामाग्री भन्दा पनि सन्दर्भव्यक्ति आधारित भावनात्मक प्रक्रियाहरु लेख्यमा ल्याउनु पर्‍यो ।


मैले अघि नै भनें, म बर्दिया, कञ्चनपुर कैलाली जाँदा थारु गरीब हुन्छन भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।  मेरो बच्चामा परेको छाप,  हाम्रो क्षेत्रको थारुहरु त धनी हुने । वाहा ! यो त गजब रहेछ जस्तो लागेको थियो । त्यो फिल्ड रिसर्च नगरिकन प्रकाशित पुस्तकको आधारमा आफ्नो आँखा अगाडि देखेको कुराको मात्रै लिने हो भने लेख्यमाध्यमको त्यो एउटा सीमितता देखिन्छ ।


अब गैरलेख्यसामाग्रीको कुरा गरौँ ।

गैरलेख्य सामाग्रीमा नेपालमा जनजातीको काम हेर्ने हो भने आफ्नो विशेष लुगा लगाएर एउटा तोकिएको विषयमा टुँडिखेलमा परेड गर्ने  । सस्तोमा रक्सी वा घुँगी ख्वाउने । त्यो सौन्दर्यीकरण वा सजाउने बस्तु बनिदिन्छ । अमेरिकामा क्यानडा जस्तो संसारको सबैभन्दा बढी जनजातीप्रति सदभाव राख्ने देशमा पनि आदिवासीलाई विस्तारैे म्युजियमको सामग्री बनाउँदैछन् । नेपालमा पनि म्युजियमको सामग्री बनाइदैछ । नेपालमा यति धेरै थारु म्युजियम खुलेको भनेको त सत्तालाई त्यो त  राम्रो लाग्ने रहेछ ! चुनौती दिने खालको गफ गर्ने मञ्चचाहिँ नबनोस्, छलफल गर्ने चौतारी नबनोस्, पार्टी तिनले नखोलुन् तर म्युजियम खोल्ने हो भने हामी पैसा दिन्छौं । सजावटको बस्तु म्युजियमको बस्तु बनाउने यो ननफेक्चुअल एकप्रेसनबाट उम्कनुपर्छ । ननफेक्चुअल एकप्रेसन पनि पावरफुल माध्यम हुन सक्छ । गैरलेख्य सामाग्री पनि बढो शक्तिशाली अभिव्यक्तिको माध्यम हुन सक्छ । चित्रकलाको कुरामा लबकान्तजीले गर्नुभएको छ । मैले शुरुदेखिउहाँको काम देखिरहेको हुनाले धेरै कुराको लागि व्याख्या त चाहिँदैन । त्यो एउटा डिडिटिको इम्बोस इफेक्ट बनाएको हेर्नुहोस् न । म डिडिटिलाई ‘डिजाइन्ड डेस्टिमेशन अफ थारु’ अर्थात् ‘योजनाबद्ध रुपमा थारुको आमहत्या’ भन्ने गर्थे । प्रभावको रुपमा लगभग त्यहीँ नै देखियो । समस्या के भइदियो भने त्यसको लागि रिफ्रेन्स खोज्न जानुभयो भने चारकोसे झाडी त खाली थियो, दुईचार हजार थारु थिए भन्छन् ! त्यहाँ कुन किसिमको संस्कृति, सभ्यता, बस्ती थियो भनेर कुनै पनि टेक्ट बुक वा रिफ्रेन्स मेटिरियलमा फेला पर्दैन ।


नेपालमा जनजातीको काम हेर्ने हो भने आफ्नो विशेष लुगा लगाएर एउटा तोकिएको विषयमा टुँडिखेलमा परेड गर्ने  । सस्तोमा रक्सी वा घुँगी ख्वाउने । त्यो सौन्दर्यीकरण वा सजाउने बस्तु बनिदिन्छ । अमेरिकामा क्यानडा जस्तो संसारको सबैभन्दा बढी जनजातीप्रति सदभाव राख्ने देशमा पनि आदिवासीलाई विस्तारैे म्युजियमको सामग्री बनाउँदैछन् ।


जमानामा नेपालको शिक्षा मन्त्रालयले ‘प्राचीन नेपाल’ भन्ने एउटा जर्नल निकाल्थ्योे । त्यसमा त्यसबेला सन् १९५०/६० तिर थारुको बारेका अध्ययन गर्ने भन्ने एकथरि नेपालका  विद्वानहरुमा चलेको रहेछ र एकदुईवटा लेख फेला पर्छ । दुईचार जना बसेका हुन्छन् ।   एकदुईवटा घर हुन्छ । एकदुई वटा घरमात्रै थारुको हुदै हुँदैन । थारु समुदायमा बस्ने मान्छे हो । एकदुईवटा घर भएको कहिल्यै हुँदैन । तिनले जङगलमा दाउँरा खोज्न जाँदाखेरिका एक दुईजनालाई देखेको होला । जनजातिमा त्यसैपनि दुईचारबाट घर हुँदैन । समुदायमा मिलेरै झुप्प बस्ने हो । त्यो काठमाडौँका नेवारमात्रै अपवाद होइन । सँगै जाने हो, सबैकुरा चाहिँ आफैले पु¥याउनु पर्ने भएको हुनाले ।

त्यस्तो किसिमको रिफ्रेन्सहरु देखिन्छ । त्यसलाई चाहिँ चित्रकला माध्यमबाट ल्याउन सकिन्छ । त्यस्तै नृत्यलाई चाहिँ पारम्परिक नृत्यमा सीमित गरियो । पारम्परिक नृत्यलाई आकर्षक बनाइयो, त्यसलाई पर्यटकलाई बेच्ने सामाग्री बनाइयो । त्यसको लाभ अरु जातिका पुँजीपतिहरुलाई मनोरञ्जन दिने बनाइयो । जब कि नृत्य त ठूलो माध्यम हो । शंकर भगवानको नृत्यले प्रलय आउँथ्यो भने नृत्यले यहाँ परिर्वतन ल्याउन सक्दैन त ? त्यो सक्दैन भन्ने भावना कहाँबाट आएको हो भने  नृत्यलाई सौन्दर्यको बस्तु बनाइयो । संगीतलाई पनि कस्तो बनाइएको छ भने डिनर खाने बेलामा, बियरको चुक्की लिने बेलामा आन्तरिक तथा विदेशी पर्यटकलाई आनन्द आओस्,   त्यस्तो संगीतलाई चाहिँ जनजातिय  संगीत भनेर छानेर राखिएको छ ।

तर त्यहाँ संगीत र थरिथरिका छन् । आक्रोश जन्माउने संगीत छ, त्यो संगीतलाई चाहिँ अगाडि ल्याउन सक्नुप¥यो । चुनौतीहरु छन् । तर एउटा के भनाइ छ भने चुनौतीको बेलामा नै रचनात्मकता आउँछ । क्रिएटिभिटी चुनौती भएको बेला आउने हो, सहज बेलामा त तराजु लिएर  कति गरेपछि कति पाउँछ भनेर लाभहानीको हिसाब गरेर बस्नी हो । अप्ठारो बेलामा हो त्यो रचानात्मकताको खोजी हुने ।

जोखिम चाहिँ एउटा छ । अंग्रेजीमा एउटा भनाइ छः आर्ट क्यारिज द रिस्क अफ सब्लिमेशन अफ रेज ।  कलाले आफ्नो आक्रोशलाई सौन्दर्यीकरण गरेर अर्कैथरि बनाइदिन सक्छ, त्यसले आक्रोश मर्छ । रघुवीर सहाय भन्ने हिन्दी कवि थिए । उनले भनेका थिए, जहाँ बहुत  अधिक कला होगी वहाँ परिवर्तन नही होगा । किनभने नारा लगाउने जति मानिस चित्र कोरेर बस्यो भने हुँदैन ।


कलाले आफ्नो आक्रोशलाई सौन्दर्यीकरण गरेर अर्कैथरि बनाइदिन सक्छ, त्यसले आक्रोश मर्छ । रघुवीर सहाय भन्ने हिन्दी कवि थिए । उनले भनेका थिए, जहाँ बहुत  अधिक कला होगी वहाँ परिवर्तन नही होगा । किनभने नारा लगाउने जति मानिस चित्र कोरेर बस्यो भने हुँदैन ।


नारा नलगाइकन परिर्वतन हुँदैन । त्यसैले तर्क गर्ने, तथ्य बटुल्ने, विद्वता निर्माण गर्ने, लेख्य सामाग्री उत्पादन गर्ने मानिस पनि चाहिँयो । र, गैरलेख्य सामाग्रीको  पनि उत्पादन पनि हुनुपर्‍यो । क्रान्ति गर्नु भनेको त एउटा वैकल्पिक जीवन शैलीको परिकल्पना हो । एउटा वैकल्पिक राज्यसत्ता मात्र होइन, वैकल्पिक सभ्यताको कुरा गर्ने हो । वैकल्पिक न्याय प्रणालीको परिकल्पना गर्ने हो । त्यसैले सबै क्षेत्रबाट उत्तिकै रचनात्मकताको अपेक्षा हुन्छ ।

The Non Texual Representation of Nepal's Marginalized Narrative: How do we tell the stories of the marginalized, what should we tell, and how should we tell it? शीर्षकमा कलाकार लवकान्त चौधरीद्वारा कोरिएका थारुको ईतिबृतान्त कहने कलाकारिता र सीमान्त मुद्दामाथि बिश्लेषक सिकेलालले व्यक्त गर्नुभएकाे विचारको सम्पादित उतार । प्रस्तुतिः माया श्रेष्ठ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.