बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजका लागि २०१९ सफल, पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स सम्मान

बिहीबार, १७ पुस २०७६, १६ : ०५
बिहीबार, १७ पुस २०७६

दोहा– कतार एयरवेजको २०१९ निकै सफल रहेको कम्पनीले जानकारी दिएको छ । गत वर्ष एयरलाइनले आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो । 

तर विभिन्न सम्मान हात पार्ने क्रममा पाँचौं पटक विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कार प्राप्त गर्नु कम्पनीको २०१९ को सबैभन्दा महत्वपूर्ण उपलब्धि थियो । त्यससँगै कतार एयरवेज उक्त पुरस्कारद्वारा पाँचौं पटक सम्मानित हुने एकमात्र एयरलाइन बनेको हो ।  

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले २०१९ वर्ष कतार एयरवेजका लागि उपलब्धिहरुले भरिपूर्ण वर्ष रहेको बताएका छन् ।

उनले विगतका १२ महिनामा कतार एयरवेजले धेरै उपलब्धिहरु हासिल गरेको जसमध्ये पेरिस एयर शोमा विश्वको सर्वश्रेष्ठ एयरलाइनको लागि स्काईट्रेक्स पुरस्कारद्वारा सम्मानित हुनु सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप