बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा  ४ जनाको मृत्यु

बिहीबार, १७ पुस २०७६, १४ : १९
बिहीबार, १७ पुस २०७६

काठमाडौं । रुपन्देही, बारा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका-३ बसन्तपुरस्थित सडकमा लु.१ ख ३९५५ नम्बरको ट्रकले लु.३६ प ३४३१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-४ बस्ने २२ वर्षीय मन्जित हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।  दुबै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० बेसक्याम्प चोकस्थित सडकमा बा.१८ च ४५६१ नम्बरको कारले लु.२२ प १८२३ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार सोही उपमहानगरपालिका-११ देविनगर बस्ने २३ वर्षीया सपना पौडेलको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेका कार चालकको खोजी कार्य गरिरहेको छ । 

बाराको कलैया उपमहानगरपालिका-२४ सखुईस्थित सडकमा पनि ना.६५ प ९३० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महागढिमाई नगरपालिका-११ बस्ने २२ वर्षीय गणेश साह सुनारको उपचारको क्रममा   जिल्ला अस्पताल कलैयामा मृत्यु भएको छ ।  

यसैगरी धादिङको थाक्रे गाउँपालिका-१ अछेतेस्थित सडकमा बा.५ ख ७९८७ नम्बरको ट्रकले सोही गाउँपालिका-१० बस्ने ३४ वर्षीय सुमन तामाङलाई बुधबार राति  ठक्कर दिंदा घटनास्थलमै मृत्यु छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप