ताइवानमा भएको सैन्य हेलिकप्टर दुर्घटनामा सेना प्रमुखसमेत आठको मृत्यु
एजेन्सी । ताइवानका सेना प्रमुख र कम्तिमा सात अन्य शीर्ष अधिकारीको ‘ब्ल्याक हक’ हेलिकप्टरको दुर्घटनामा मृत्यु भएको छ । हेलिकप्टर विहिबार विहान टापू–राज्यको उत्तरी भागमा बेपत्ता भएको थियो ।
अहिले ताइवानका हवाई फौज कमाण्डर सीउङ होउ–चीले सेना हेलिकप्टर दुर्घनटाग्रस्त भएको र उक्त हवाई वाहनमा सवार सेना प्रमुख सेन यी–मिङको मृत्युको पुष्टि गरे ।
हेलिकप्टरमा १३ सबार थिए र तीमध्ये आठको मृत्यु भएको हो । मर्ने सैन्य पदाधिकारीमध्ये सेना प्रमुखका अतिरित्त एक लेफ्टिनेन्ट कर्नल, एक क्याप्टेन, दुई वरिष्ठ मास्टर सर्जेन्ट, एक मेजर र दुई मेजर जनरल छन् । विहिबार विहान ११ बजेको ब्रिफिङमा ताइवानका रक्षा मन्त्रालयले हेलिकप्टरको स्थान पहिचान भएको र दुई हेलिकप्टर तथा ८० अधिकृतलाई दुर्घटनास्थलमा पठाइएको बताएको थियो ।
यस अघि ताइवानी मिडिया तथा न्यु ताइपेई सिटीको अग्नि विभागका एक जना निर्देशकले हेलिकप्टरमा सेनालाई भेटिएको र उपचारको लागि अस्पताल पठाइएको बताएका थिए । दुर्घटनामा बाँचेका पाँचमध्ये डेपुटी चिफ अफ लोजिष्टिक फर जनरल स्टाफ हुयाङ यु–मिन, डेपुटी चिफ अफ जेनेरल स्टाफ फर कम्युनिकेसन्स मेजर जनरल साओ चीन–पिङ र मिलिटर न्युज एजेन्सी रिपोर्टर चेन यिङ–जु छन् ।
हेलिकप्टर मंगलबार विहान ७ः५४ मा ताईपेईबाट नयाँ वर्ष दोङ’ आयोको लागि उडेको थियो । विहान ८ः०७ बजे पाइलटले मौसम अवस्था रिपोर्ट गरेका थिए र त्यसपछि हवाई वाहनसँगको संचार हराएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टर यूएच–६० एम ब्ल्याक हक ताइवानले अमेरिकाबाट सन् २०१० मा किनेको थियो । सन् २०१८ फेब्रुअरीमा पनि ताइवानको ‘ब्ल्याक हक’ दुर्घटना भएको थियो । त्यसमा ६ को मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलटले हवाई घडबडीको चेतावनी वेवास्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम
-
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी
-
सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल