‘त्यो ताज एक दिन नेपाल अवश्य भित्रिने छ’
पछिल्लो केही दिनयता मिडियामा धेरै छाउने गरेकी छन् अनुष्का श्रेष्ठ । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’मा सहभागी श्रेष्ठले उक्त प्रतियोगितामा हात पारेको महत्त्वपूर्ण सफलतासँगै उनी मिडियामा छाउन सफल भएकी हुन् ।
लन्डनमा हालै सम्पन्न ‘मिस वर्ल्ड’मा उनले आफूलाई उत्कृष्ट १२ भित्र उभ्याउँदै ‘मल्टिमिडिया’, ‘ब्युटी विथ पर्पोज’ र ‘हेड टु हेड विन’ जस्ता तीन महत्त्वपूर्ण उपाधि नेपाल ल्याउन सफल भइन् । उनले नेपाललाई दिलाएको यो सफलता ‘मिस वर्ल्ड’बाट नेपालले पाएको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । ‘मिस नेपाल २०१९’ की शीर्ष उपाधि विजेतासमेत रहेकी श्रेष्ठसँग उनको मिस वर्ल्ड यात्रा र आगामी दिनको योजना उनकै शब्दमा ।
त्यो निलो ताज
मिस वर्ल्डबाट यस पटक नेपालले ‘ब्युटी विथ अ पर्पस’, ‘हेड टु हेड विन’ र ‘मल्टिमिडिया च्याम्पियन’ तीन महत्त्वपूर्ण उपाधि हात पारेको छ । यी उपाधि नेपाल ल्याउन सफल भएकोमा निकै खुसीको अनुभूति भइरहेको छ । गर्व लागेको छ । अझै काम गर्ने जोस र जाँगर बढेको छ । पछिल्लो समय हामी मिस वर्ल्डबाट कहिल्यै पनि खाली हात फर्किएका छैनौँ ।
मिस वर्ल्डको त्यो निलो ताज ल्याउन भने सकिए । तर पनि अन्य केही महत्त्वपूर्ण विधाको विजेता भएका छौँ । यसरी मिस वर्ल्डमा महत्त्वपूर्ण मानिएको ताज हात पार्दै जाने हो भने एक दिन पक्कै पनि हामी त्यो निलो ताज (मिस वर्ल्डको ताज) नेपाल ल्याउन सक्नेछौँ । यो मेरो विश्वास हो ।
हालै सम्पन्न मिस वर्ल्डमा उत्कृष्ट ५ भित्र पर्ने निश्चित थियो । मैले जानेबुझे अनुसार उत्कृष्ट प्रस्तुति दिएको थिएँ । जुन मिहिनेतले हामीलाई ३ अवार्ड दिलायो । त्यही मिहिनेतमा खै कहाँ के भयो । म टप ५ मा पुग्न सकिनँ । मैले अहिलेसम्म जान्न सकेकी छैन । किन म उत्कृष्ट ५ मा परिन । यो बुझ्न र जान्न पर्छ । अहिले यो बुझ्न र जान्न सकियो भने मात्र आगामी दिनमा हामी ताजसम्म पुग्न सक्नेछौँ ।
जजमेन्ट के ?
हरेक प्रतियोगितामा एक प्रकारले जजमेन्ट प्रक्रिया हुन्छ । चाहे हिँडेर वा अन्य विभिन्न क्रियाकलाप गरेर होस् वा प्रश्न उत्तरको माध्यमबाट । यस पटकको मिस वर्ल्डको जजमेन्ट के भन्ने बुझ्न सकिएन । विगतका वर्षमा आयोजित मिस वर्ल्डमा हरेक राउन्डपछि एउटा स्कोर बोर्डसमेत देखाइन्थ्यो । यो राउन्ड सकियो । यो देश यो स्थानमा छ भनेर । यो समय यसमा हामी चुक्यौँ । अर्काे देश यो कुराले हामीभन्दा माथि भयो भनेर छुट्याउन सकिन्थ्यो ।
उत्कृष्ट १२ बाट उत्कृष्ट ५ के आधारमा लगियो थाहा नहँुदा केही अनौठो लाग्यो । हुन त पक्कै पनि केही न केही आधारमा जजमेन्ट भएको होला । तर केके प्रक्रिया भए थाहा नहुँदा अन्यौल लाग्दो रहेछ । मेरो मिस वर्ल्ड आयोजकसँग एउटै गुनासो छ । जजमेन्ट प्रक्रिया थाहा दिनुस् ।
माया गर्ने देश भने
मिस वर्ल्डको यात्रा राम्रो र रमाइलो अनुभव भयो । यसलाई सिकाइएका रूपमा समेत मैले लिएँ । यसमा व्यक्तिगत प्रस्तुति भन्दा पनि राष्ट्रियगत प्रस्तुति गर्दा आफैले आफैलाई अझै नजिकबाट चिन्ने मौका पाए । विभिन्न देशका प्रतिनिधिहरूसँग नजिकेर काम गर्दा आफूले पनि ठूलो सपना देख्ने आँट पाए । यो यात्राले मलाई अझ आटिलो बनाएको छ ।
हुन त नेपालको स्यास लगाउने बित्तिकै एक किसिमको गर्व महसुस हँुदोरहेछ । कार्यक्रममा म अनुष्का होइन नेपाल भनेर चिनिन्थेँ । यो अवस्थामा मैले देशका सबै मानिसको प्रतिनिधित्व गर्दैछु जस्तो लाग्थ्यो । मैले त्यहाँ भेटेको व्यक्तिलाई जस्तो व्यवहार गर्थे । उसको सम्झनामा नेपालको त्यस्तै छाप पथ्र्याे । यो सोच्दा ठूलो जिम्मेवारी महसुस हुन्थ्यो र रमाइलो पनि लाग्थ्यो । एक व्यक्तिले पूरै नेपालको प्रतिनिधित्व गर्ने । प्रेसर पनि महसुस भएको थियो ।
हरेक दिन एउटा सकारात्म सोच लिएर अगाडि बढ्नुपथ्र्याे । सबैसँग घुलमिल हुनुपथ्र्याे । नेपाली र नेपालीको गुण देखाउन बनावटी बन्नुपर्ने थिएन । मैले नेपाललाई माया गर्न सक्ने देशको रूपमा चिनाएँ । नेपाल सुन्दर देश भनेर धेरैलाई थाहा थियो नै । नेपाल युनिक र अन्यभन्दा फरक देशका रूपमा चिनाउने मेरो प्रयास रह्यो । त्यो गर्न मैले धेरै मिहिनेत गर्नुपरेन । खाली नेपालमा भएका संस्कृति, विभिन्न जातजाति भेषभूषा, भौगोलिक बनावट, प्रकृतिक सौन्दर्य र चाडपर्वको वर्णन गरे पुग्थ्यो ।
यो सानो उपलब्धि होइन
नेपाल यो पटक जुन स्थानमा पुग्यो, जति उपाधि हात पर्यो यो सानो उपलब्धि होइन । त्यसको अलवा अक्फोट युनिभर्सिटीमा गएर एसियाको प्रतिनिधित्व गरेर नेपालले बोलेको छ । म कुनै दिन नेपालको ब्याच लगानउ बिर्सिन्थेँ । यो समय नेपाल म भनेर चिनाउनु पर्दैन थियो । यसलाई ठूलो अचिभमेन्टका रूपमा लिएँ ।
जब शीर्ष १२ मा छानिए तब उपाधिको नजिक पुगेँ, उपाधि उठाउन सक्छु भन्ने थियो । आफ्नो मिहिनेतमा विश्वास थियो । देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनी लगायतको माया र सद्भावमा विश्वास थियो । तर त्योभन्दा अगाडि बढ्न सकिनँ धेरै दुःखी पनि छु ।
मिस वर्ल्ड यात्रामा अघिल्लो वर्ष मिस वर्ल्डमा सहभागी शृङ्खला दिदीले निकै सहयोग पुर्याउनु भएको छ । उहाँले मिस वर्ल्डमा जानुपूर्वको अनुभव र गएपछिको अनुभव सबै बताएर धेरै सल्लाह दिनुभएको थियो । ती सबै मेरो मिस वर्ल्ड यात्रामा काम लाग्यो । यो यात्रामा उहाँ मेरो सबैभन्दा नजिकको सहयोगी हुनुभयो । जुन उपाधि मैले नेपाल भित्र्याएँ त्यसको हकदार उहाँ पनि हो ।
धेरै भिन्न प्रतिस्पर्धा
नेपालमा आयोजना हुने प्रतियोगिता र मिस वर्ल्डमा धेरै भिन्नता रहेछ । नेपालको प्रतियोगितामा व्यक्तिगत प्रस्तुति महत्त्वपूर्ण मानिन्छ । नेपालमा देश चिनाउनु पर्दैन । व्यक्तित्व चिनाए पुग्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत प्रस्तुतिको साथसाथै देश चिनाउने राष्ट्रि«य प्रस्तुतिले ठूलो भूमिका खेल्दो रहेछ । मिस वर्ल्डमा मैले म अनुष्का भनेर चिनाउनुभन्दा आफूलाई नेपालीका रूपमा चिनाएँ ।
हुन त मिस वर्ल्डको ताज बिजेता जमैकाकी सुन्दरी धेरै भिन्न भएर ताज जितेकी होली भनेर धेरैको अनुमान होला । त्यहाँ जति देश सहभागी थिए ती सबै देशका सुन्दरी एकअर्काको भन्दा धेरै भिन्न थिए ।
सायद, त्यो दिन निर्णायक मण्डलीको मनमा चाहिँ यसपालि मिस वर्ल्डको ताज पहिरिन सबैजना सक्षम छन् । तर अन्यभन्दा बढी सक्षम जमैकाकी सुन्दरी छिन् भन्ने लाग्यो होला ।
मिस वर्ल्ड महोत्सव हो
मिस वर्ल्ड एउटा धेरै देशका सुन्दरीहरूको एउटा महोत्सव रहेछ । महत्त्वपूर्ण सेलिब्रेसन रहेछ । यसलाई खुला मञ्चका रूपमा पाएँ । त्यहाँ सहभागी सबैले आफूलाई लागेको प्रस्तुति पनि दिन मिल्ने रहेछ । आयोजकले सबै प्रतिनिधिलाई सुक्खा पीठो बाँड्नु हुँदो रहेछ । त्योबाट आफूले जे बनाए पनि हुँदो रहेछ । त्यो खेलेर सकाए पनि हुँदोरहेछ । सेल बनाए पनि हुँदो रहेछ । मोमो बनाए पनि हुँदो रहेछ । मैले भन्न खोजेको के भने सबैलाई उतिकै स्रोत साधान उपलब्ध गराउँदा त्यसबाट के निस्किन्छ । त्यो महत्त्वपूर्ण ठानिदो रहेछ ।
प्रतियोगितामा कतिले व्यक्ति चिनाए । कतिले राष्ट्र । कतिले म यसबाट सिकेर प्रभावशाली काम गर्नु भनेर सहभागी हुँदा रहेछन् । कति रमाइलोका लागि मात्र आउँदा रहेछन् । त्यहाँ आउने हरेकको अनेक उद्देश्य हुँदोरहेछ ।
स्वदेशीको माया नै ऊर्जा
मिस वर्ल्डको प्लेटफर्ममा स्वदेशीको मायाले धेरै फरक पर्दाेरहेछ । यो मैले त्यहाँ गएपछि बुझेँ । कतिपय ठाउँमा आफ्नो ऊर्जाले पनि साथ छोड्दो रहेछ । त्यहाँ हरेक दिन, हरेक मिनेट आफ्नो प्रस्तुति दिइरहनुपर्दा कतै न कतै इनर्जी सकिएको जस्तो महसुस हँुदो रहेछ । यो समय स्वदेशीका माया, म्यासेज र मिडियामा आएका समाचारले थकान मेटाउँदो रहेछ । ती कुराले भोकाएको मानिसलाई खाना खाएपछि तागत जस्तो मिल्दो रहेछ ।
मिस नेपालको प्लेटफर्ममा पनि केही परिवर्तन गर्नुपर्छ अब । आयोजक हिडेन ट्रेजरको टिमले पनि तिमीले अनुभव गरेको आधारमा हामीले के परिवर्तन गर्नुपर्ने छ भन भनेर सोध्नु भएको छ । आफूले सिकेअनुसार सल्लाह सुझाव पनि दिनेछु ।
अबको बाटो के ?
५ वर्ष अध्ययनका लागि अस्ट्रेलिया बसेको व्यक्ति मिस नेपालको चर्चापछि त धेरै अवसर प्राप्त गर्छे । विदेशमा गएर बस्ने होला नि ? धेरैले मलाई भन्ने गरेका छन् । तर म नेपालमा नै काम गर्छु । मैले एउटा प्रोजेक्ट नमुना बस्तीका रूपमा तयार पारेको छु । त्यो एक समुदायमा समेत काम गरिरहेको छु । त्यो समुदाय सक्षम भएपछि अर्काे बस्तीमा गएर काम गर्ने विचार छ । अध्ययन पनि निरन्तरता दिन्छु ।
नेपालको सन्दर्भमा सौन्दर्य प्रतियोगितामार्फत समाजमा प्रभावशाली काम गर्न सकिन्न भन्ने गरिन्छ । मैले यो मञ्च समाजमा प्रभावशाली काम गर्ने एउटा यस्तो मञ्च हो भनेर स्थिापित गर्न चाहन्छु । यो निकै सम्भावना भएको मन्च पनि हो । यसलाई सदुपयोग गर्ने आँट र जागर लिएर आउनस् । हरेकले यसमा केही पाउन सकिन्छ भनेर बुझाउन चाहन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ महिनामा सहकारी विभागले गर्यो १ हजार ५९३ वटा उजुरी फर्स्योट
-
अनिता कोइरालाको ‘उज्यालो औँसी’माथि चकटी बहस
-
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
-
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
-
विंगर साकाको चोटले प्रशिक्षक आर्टेटालाई थप्यो चिन्ता
-
बालुवाटार बोलाएर प्रधानमन्त्रीले गरे जनकपुर बोल्ट्सलाई सम्मान