बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोमा कुर्कुच्चा फुटेमा के गर्ने ?

बिहीबार, १७ पुस २०७६, ११ : ५०
बिहीबार, १७ पुस २०७६

चिसो मौसममा हातगोडा फुट्ने समस्याबाट सबैजसो नै पीडित हुन्छन् । जाडोमा चिसोको कारण सुख्खापन, छाला फुट्ने जस्ता समस्या देखापर्छन् । यस्ता समस्याले गर्दा अनुहार तथा हातगोडाको सुन्दरतामा ह्रास आउँछ । 

त्यतिमात्र होइन चिसो मौसममा छाला कालो हुने, सुन्निने, चिलाउने पनि समस्याहरु देखापर्छन् । 

त्यस्तै कहिलेकाँही राम्रोसँग ध्यान नदिँदा गोडाको कुर्कुच्चा नराम्रोसँग फुट्छ र त्यसबाट रगत बग्ने र अत्यधिक दुखाई हुने गर्छ । यसको समयमै उपचार भएन भने कहिल्यै निको नहुने र सधै कुर्कुच्चा कुरुप देखिने पनि हुनसक्छ । 

यस्ता समस्याहरुबाट बच्न औषधि वा विभिन्न क्रिमहरुको प्रयोग गर्दा पनि छालामा समस्या आउन छोडेको छैन भने घरेलु विधिहरु प्रयोग गर्न सकिन्छ । 

तातोपानी
चिसो मौसममा राति सुत्नुभन्दा पहिले केही समय आफ्ना हातगोडा तातोपानीमा डुबाउनुपर्छ । त्यसमा ३ चियाचम्चा चिनी राखेर धुँदा छालामा लागेको फोहोर पनि सफा हुन्छ । त्यसपछि सफा गरेर क्रिम लगाउँदा छाला नरम हुने र फुट्ने समस्या कम हुँदै जान्छ ।

मोस्चराइजर
हातगोडामा नुहाएपछि र राति सुत्नुभन्दा अगाडि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोस्चराइजरको सट्टामा तेलको पनि प्रयोग गर्न सकिन्छ ।

जुत्ता 
जाडोको समयमा न्यानोको लागि दिनभरी जुत्ता लगाइरहनुपर्ने हुन्छ । त्यसैले सकेसम्म आरामदायी जुत्ताको प्रयोग गर्नु उचित हुन्छ । जुत्ता यस्तो हुनुपर्छ जसबाट हल्का हावा पनि छिर्न सकोस् । यदि कुर्कुच्चामा फुटेर घाउँ भएको छ भने केही समय खुल्ला राख्ने गर्नुस् । यदि लामो समयसम्म गोडामा जुत्ता लगाइराखियो भने चिलाउने समस्या पनि पैदा हुनसक्छ ।

कागती 
गोडाको समस्या हटाउन र त्यसलाई नरम राख्न आधा कागती काटेर धल्ने गर्नुस् । त्यसपछि नुन हालेर तातोपानीमा गोडा डुबाउने गर्नुस् । यो प्रक्रिया एक हप्तासम्म गर्दा गोडामा भएको समस्या समाधान हुँदै जान्छ ।

तेल
गोडामा हुने रुख्खापन हटाउनको लागि कहिलेकाँही फुटेर निस्किएको छालालाई कैँचीले काटेर फाल्नुपर्छ । छाला काट्दा धेरै पीडा हुने हुँदा तेलले विस्तारै मालिस गर्नुपर्छ ।

चिनी 
एक चियाचम्चा सूर्यमुखी फूलको तेलमा २ चम्चा चिनी हालेर विस्तारै गोडामा मसाज गर्दा गोडामा टाँसिएको धुलो सफा हुने र गोडाका समस्याहरु कम हुँदै जान्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप