नयाँ वर्षको पहिलो दिन भारतीय सेनामा कार्यरत नेपाली युवकको मृत्यु
भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार आतंकवादीहरुसँगको मुठभेडमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । अर्जुनसँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि मृत्यु भएको छ ।

गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए ।
भारतीय सेनाले अर्जुनका परिवारलाई घटनाबारे जानकारी दिइसकेको बताइएको छ । अर्जुनका परिवारलाई शव लिनका लागि भारतीय सेनाले बोलाएको छ । नेपाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ ।
बुधबार जम्मु–कश्मीरको राजौरी जिल्लाको नौशहरामा आतंकवादी र सुरक्षाकर्मीबीच मुठभेड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण