दिदी कृष्णालाई प्रेमीसँग बिकिनीमा देख्दा टाइगर श्रोफको यस्तो प्रतिक्रिया
ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’
कृष्णाको तस्बिर टाइगरले गरे कमेन्टः
कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘बिचरा इबन’ । टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् । तीमध्ये कतिले उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् ।
यस्तै, अश्मित पटेल, एली अवराम, फराह खानले यी दुईलाई नयाँ वर्षको शुभकामना दिँदै कृष्णाको शरीरमा बनेको ट्याटुको पनि तारिफ गरेका छन् ।
इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् । पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र उनको संगीतप्रति पनि ठूलो लगाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म