सन् २०२० मा रोनाल्डोले तोड्न सक्ने किर्तिमानहरु

विगत एक दशकदेखि क्रिस्टियानो रोनाल्डोले विभिन्न किर्तिमानहरु तोड्दै आइरहेका छन् । सन् २०२० मा उनले थप नयाँ किर्तिमानहरु बनाउने सम्भावना रहेको छ ।
३४ वर्षीय फरवार्ड अहिले युभेन्टसलाई तेस्रो च्याम्पियन्स लिग दिलाउने मिसनमा रहेका छन् । सन् १९९५–९६ पछि ओल्ड लेडीका लागि यो पहिलो उपाधि हुनेछ । त्यस्तै, इटालियनमा लिगमा युभे लगातार नवौँ उपाधि जित्ने होडमा रहेको छ ।
लिगमा मात्र नभएर पोर्चुगलका लागि अन्तर्राष्ट्रिय खेलहरुमा पनि रोनाल्डोले विभिन्न किर्तिमानहरु भङ्ग गर्न सक्नेछन् ।
सबैभन्दा धेरै युरोपियन कपको उपाधि
सन् २०१८ मा लिभरपुललाई हराउँदै रियल म्याड्रिडसँग रोनाल्डोले आफ्नो करियरको पाँचौ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सन् २०२० मा युभेन्टसलाई यो उपाधि दिलाउन सके रोनाल्डोले किर्तिमानी छैटौँ पटक यो उपाधि जित्ने छन् । यसअघि, फ्रान्सिस्को गेन्टोले पनि सन् १९५६ देखि १९६६ को बीचमा रियल म्याड्रिडका लागि ६ पटक उपाधि जितेका थिए ।
युरोपियन च्याम्पियनसीपको सर्वाधिक गोलकर्ता
रोनाल्डोले पोर्चुगलका लागि चार युरोपियन च्याम्पियनसीपमा नौ गोल गरेका छन् । हाल उनी मिचेल प्लाटिनीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका छन् । सन् २०२० को प्रतियोगितामा उनले थप एक गोल मात्र गर्न सके युरोपियन च्याम्पियनसीपको एकल सर्वाधिक गोलकर्ता बन्नेछन् ।
च्याम्पियन्स लिगमा सबैभन्दा बढी ह्याट्रिक
च्याम्पियन्स लिगमा रोनाल्डोसँगै लियोनेल मेस्सीले सर्वाधिक ८ वटा ह्याट्रिक गरेका छन् । यो वर्ष उनले बार्सिलोनका स्टारलाई पछि छाड्ने अवसर रहेको छ ।
इङ्ल्याण्ड, स्पेन र इटालीमा सर्वाधिक गोलकर्ता
इटालियन लिगमा रोनाल्डोले अहिलेसम्म १० गोल गरेका छन् । उनी यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । उनी अघि जोआओ पेड्रोले ११, रोमेलु लुकाकुले १२, सिरो इमोबाइलले १७ गोल गरेका छन् । सन् २०२० मा उनले गोल सङ्ख्या थप्दै लिगको सर्वाधिक गोलकर्ता बन्न सके युरोपमा तीनवटा शीर्ष लिगमा सर्वाधिक गोलकर्ता बन्ने उनी पहिलो खेलाडी बन्नेछन् ।
अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता
अन्तर्राष्ट्रिय खेलहरुमा रोनाल्डोले ९९ गोल गरेका छन् । उनी इरानका अली देइको १०९ गोलको किर्तिमान नजिक रहेका छन् । यो वर्ष उनीसँग यो किर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो