शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गाबाट पाँच किलो चरेससहित १ जना पक्राउ

बुधबार, १६ पुस २०७६, २२ : ०८
बुधबार, १६ पुस २०७६

काठमाडौं । काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यहाँको चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ५३७१ नंको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो । खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा चिनिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप