बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बुधबार, १६ पुस २०७६, २१ : २५
बुधबार, १६ पुस २०७६

रुकुम । सुत्केरी व्यथा लगेकी रुकुम (पूर्व)की एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

हेलिकोप्टरमार्फत विकलाई नेपालगञ्ज लगिएको रुकुम ९पूर्व०का प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिए । 

४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि आजसम्म बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताए ।

विकलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको तर त्यहाँका स्वास्थ्यकर्मीले यो बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप