मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भः पहिलो दिन देशभर जे देखियो (फोटोफिचर)

बुधबार, १६ पुस २०७६, २० : १०
बुधबार, १६ पुस २०७६

काठमाडौं  । नेपाल भ्रमण वर्ष २०२० को वुधबारदेखि विधिवत रुपमा सुरुवात भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । प्रस्तुत छ फोटोफिचर । तस्बिर: रासस 

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी 


नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भका अवसरमा बुधबार काठमाडौँको दशरथ रङ्गशालामा आयोजित समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाल शुभकामना दिँदै 


पर्यटन वर्ष २०२० को अवसरमा भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले बुधबारबाट सञ्चालनमा ल्याएको नौका विहारको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापति ।


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा गौरा नृत्य प्रस्तुत गरिँदै ।


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा थारू समुदायको लोकप्रिय मुङ्ग्रहवा नृत्य प्रस्तुत गर्दै कलाकार

 
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित समारोहमा तयार पारिएको ‘लोगो’ सार्वजनिक गर्दै


अग्रेजी नयाँवर्ष एवं नेपाल भ्रमणवर्ष २०२० को पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा हेलिकप्टरबाट पुष्पवृष्टि गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दै ।


अंग्रेजी नयाँ वर्ष एवं नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको स्वागतमा बिगुल  फुक्दै नेपाली सेनाको टोली ।


नगरकोटको बतासे डाँडाबाट नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको झण्डा झण्डोत्तोलन गर्दै  


भ्रमण वर्ष २०२० को उद्घाटनका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमको पूर्वसन्ध्यामा निकालिएको ¥याली । ¥यालीले तुलसीपुरको पर्यटकीय क्षेत्र राप्ती शान्ति उद्यानमा गएर सभामा परिणत भएको थियो ।


नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पहिलो दिन बुधबार भक्तपुर नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा लाखे नाच नाच्दै 


नेपाल भ्रमण वर्ष २०२० काअवसरमा बुधबार कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा छलिया नृत्य देखाउँदै स्थानीय बासिन्दा ।


नेपाल भ्रमण वर्ष २०२० को स्वागतार्थ पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा आयोजित प्रभातफेरीमा सहभागी बन्दै सर्वसाधारण 


सरकारले घुम्नैपर्ने १०० पर्यटकीयस्थलमा घोषणा गरेको इलामको कन्याममा पर्यटन भ्रमण वर्षको पहिलो दिन भारतीय पर्यटकले भरिभराउ । सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्षको पहिलो दिनसँगै अङ्ग्रेजी नयाँ वर्ष मनाइएको छ ।


सन् २०२० जनवरी १ एवं नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडाबाट देखिएको हिमाली दृश्य


सन् २०२० जनवरी १ एवं नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको स्वागतमा नृत्य गर्दै कलाकार । 


अग्रेजी नयाँ वर्ष एवं ‘नेपाल भ्रमण वर्ष २०२०’ को पहिलो दिन बुधबार बिहान नगरकोटको बतासे डाँडामा क्यामरामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटकको टोली ।


अग्रेजी नयाँ वर्ष एवं ‘नेपाल भ्रमण वर्ष २०२०’ को पहिलो दिन बुधबार बिहान नगरकोटको बतासे डाँडामा क्यामरामा तस्वीर कैद गर्दै विदेशी पर्यटक ।


नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत गर्दै ।


नयाँ वर्ष तथा ‘नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसँगै महाअभियानअन्र्तगत सप्तरीको राजविराजमा जिल्ला समन्वय समितिको अगुवाईमा बुधबार निकालिएको र्यालीमा सहभागी ।


‘नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा भ्रमण वर्ष २०२० स्तम्भ शिलान्यास गर्दै संघीय सांसद गंगाबाहादुर तामाङ


प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट भ्रमणका लागि आएका आन्तरिक पर्यटकलाई बुधबार स्वागत गर्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायत पदाधिकारी । 


नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा जिल्ला तथा नगरस्तरिय आयोजक समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गरेपछि सामूहिक तस्वीरमा विदेशी पाहुना 


नेपाल पर्यटन वर्ष २०२०’ को अवसरमा पर्यटकलाई स्वागत गर्न सिंगारिएका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको सरस्वती बजार ।


नेपाल भ्रमण बर्ष २०२० को सुरुको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि खुसी हुँदै ।


भ्रमण वर्ष २०२० को उद्घाटनमा भारतीय नागरिकलाई झापाको पूर्वी नाका काँकडभिट्टामा ढाका टोपी र रुद्राक्षको माला लगाएर सम्मान ।


पूर्वी नाकाबाट काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो भारतीय पाहुनालाई बुधबार बिहान सम्मान गर्दै सङ्घीय सांसद राम कार्की 


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा बाँके राष्ट्रिय निकुन्ज स्थित खड्बार क्षेत्रमा जङ्गल घुम्नका लागि सुरु गरिएको जङ्गल सफारीको उद्घाटन पछि हात्ती चडेर जङ्गल सफरीमा निस्किएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल । 


पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाद्वारा बुधबार बिहान दरवारक्षेत्र प्रवेश गरेका जर्मन नागरिकलाई स्वागत गर्दै नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप