भ्रमण वर्षको अवसरमा सडकको फोहोर टिप्दै गगन थापा
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ ।
भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराएका थिए । उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए ।
काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताए ।
नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आअफैँले फोहर नफाल्ने भनेर सङ्कल्प ग¥यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिने बताए । उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचो, डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए । नेता थापा सोही टोलमा बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र