बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसरी भयो गण्डकी प्रदेशमा भ्रमण वर्षको शुभारम्भ (फोटो फिचरसहित)

बुधबार, १६ पुस २०७६, १८ : १३
बुधबार, १६ पुस २०७६

पोखरा । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को गण्डकी प्रदेशमा पनि उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवा किनारमा आयोजित भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरेका हुन् । 

शुभारम्भ कार्याक्रममा एघारै जिल्लाबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । पर्यटकीय केन्द्र लेकसाइड फिस्टेल गेटबाट निस्केको झाँकी फेवा किनारमा पुगेर सभामा परिणत भएको थियो । 

झाँकीमा सरिकहरुले भ्रमण वर्ष २०२० लेखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुका भिडियो क्लिप पनि देखाइएको थियो ।

पोखराकोआकाशमा ‘भिजिट नेपाल  २०२०’ लेखेको ब्यानर पनि उडाइएको थियो भने अल्ट्रालाइटबाट पुष्पवृष्टि गरिएको थियो । 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पाँच वर्षमा २५ लाख पर्यटक पोखरामा भित्र्यायाउने तयारीमा महानगरपालिका लागि रहेको बताए । त्यसको लागि पूर्वाधार तयार पार्न महानगर लागि रहेको उनले जानकारी दिए । 

यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पोखरामा पर्यटक भित्र्याउन पर्याप्त पर्यटकीय गन्तव्य भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप