पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन् । पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ ।
भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उनले सुनाए ।
कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ । ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन् । यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी ¥यालीसहित पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी
-
प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
-
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय