मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दि कर्मा’ को ट्रेलर: नेगेटिभ भूमिकामा परमिता र बुद्धि

बुधबार, १६ पुस २०७६, १७ : ४१
बुधबार, १६ पुस २०७६

काठमाडौं । १७ माघदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिब्र बनाउन ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट २० सेकेन्डको ट्रेलरमा करण वर्मा, परमिता राणा, निता ढुंगाना, बुद्धि तामाङ देखिएका छन् ।

ट्रेलरमा परमिता र बुद्धिको नेगेटिभ भूमिका देख्न सकिन्छ भने निता र करण जोडीको रुपमा प्रस्तुत भएका छन् ।  देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । 

कथा निर्माता जय राज राय आफैँले लेखेकको फिल्ममा  रायसँगै श्रीदेव बिएल र निशा खतिवडासमेत निर्माताको रुपमा रहेका छन् । फिल्मको सहनिर्माता सारदा खड्का अर्याल हुन् । 

फिल्ममा करण, निता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतको मुख्य भूमिका रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो । रामेश्वर कार्कीको छायाँकन, कोशिश क्षत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत फिल्ममा छ ।  ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा फिल्म प्रति उत्सुकता बढाउने निर्माता जय राज रायले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप