शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओखलढुंगामा वडा कार्यालयसहित ९ घरमा चोरी

बुधबार, १६ पुस २०७६, १६ : ३६
बुधबार, १६ पुस २०७६

ओखलढुंगा । ओखलढुंगामा वडा कार्यालय सहित ९ वटा घर तथा पसलहरु तोडफोड गरी भएको चोरी प्रकरणमा प्रहरीले नुसन्धान अघि बढाएको छ । 

गत सोमबार मध्यराती सिद्धिचरण नगरपालिका ३ अधेरी नारायणस्थान स्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडी नगद तथा गरगहना चोरी भएको थियो । 

दिउँसोको समयमा दुई जना भारतीय नागरिकहरु तन्ना बेच्ने बहानामा भारतीय मोटरसाईकल प्रयोग गरी आएको र बेलुकापख चोरी भएपछि स्थानीयले उनीहरुकै संलग्नता आंशका ब्यक्त गरेका छन् ।

वडा कार्यालय भवनको ढोकाको ताल्चा फोडेर भित्र रहेको काउन्टरको सिसा फुटाई नगद चोरी भएको वडा कार्यलयले जनाएको छ । त्यस्तै स्थानीय शमशेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताए ।

अन्य पसलहरुबाट भने ८ देखि १० हजार रुपैयाँ सम्म चोरी भएको स्थानीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । वडा कार्यलय र स्थानीय सहितको लगभग २ लाख पचार हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

घटनापश्चात स्थानीयले शंका ब्यक्त गरिएका दुई भारतीय नागरिकलाई रमाईलो डाँडाबाट नियन्त्रणमा लिएपछि छाडिदिइसकेको छ । 

 त्यस्तै सोही घटनामा संलग्न भएको आशंकामा अन्य तीन युवाहरुलाई समेत नियन्त्रण लिएर सोधपुछपछि तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक बस्नेतले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप