नायिका स्वस्तिमाले टीभीएस एनटर्क रेस एडिसन लन्च गर्ने
काठमाडौं – टीभीएस बाइक तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भोलि बिहीबार पोखरामा टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक गर्ने भएको छ ।
पोखरास्थित टीभीएस बाइक तथा स्कुटरको डिलर बतास ब्रदर्स सोरुममा गरिने एनटर्क रेस एडिसनको सार्वजनिक ब्राण्ड एम्बेसडर तथा नायिका स्वस्तिमा खड्काले गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।
एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि रहेको छ । जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ । स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ले यसको रेसिङ पेडिग्रीलाई झल्काउँछ ।
सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ । यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।
कार्यक्रममा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र मार्केटिङ म्यानेजर नवराज कोइराला समेत सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर