सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन
बुधबार, १६ पुस २०७६, १४ : ४९
कैलाली । सुदूरपश्चिम प्रदेशले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ ।
‘देवमूमि,सुन्दर भूमि’ भन्ने मूल नाराका साथ सो भ्रमण वर्षलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार धनगढीको संघीय प्रहरी कार्यालयको खेल मैदानमा उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री विनिता चौधरी प्रदेश सभा सदस्यहरु, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वड, पर्यटन व्यवसायी, उद्योगी लगायतको उपस्थिति रहेको छ ।