शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२०२० मा तौल घटाउन मद्दत गर्नेछन् भान्छामा भएका यी २० खानाले

बुधबार, १६ पुस २०७६, १३ : ०८
बुधबार, १६ पुस २०७६

वर्ष नयाँ होस् वा पुरानो.. धेरै मानिसहरु यस्ता छन् जसको समस्या एकै खालका हुन्छन् । तीमध्ये एक हो तौल घटाउने समस्या । तौल घटाउनका लागि आफ्नो खान्कीमा कुनै पनि प्रकारको महँगो खानेकुरा समावेश गर्नुपर्छ भन्ने छैन । तपाईं भान्छामा भएका निकै साधारण खानेकुरा खाएर नै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि सन् २०२० मा तपाईंको लक्ष्य तौल कम गर्नु हो भने किचनमा भएका यी २० सुपरफुड खान सुरु गर्नुहोस्ः

मुंग दाल र राजमाः

भिटामिन ए, सी, बी, ई, पोटासियम, क्याल्सियम र आइरनले भरिपूर्ण मुंग दाल पचाउन निकै सजिलो हुन्छ । प्रोटिन र फाइबरले भरपुर मुंग दाल खाँदा पेट धेरैबेरसम्म भरिएको महसुस हुन्छ । त्यसकारण मुंग दाल तौल घटाउन सहयोगी हुन्छ । यसबाहेक राजमा पनि भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ र यसले तौल घटाउनुका साथै रक्तचाप र रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ ।

पालुङ्गो र चुकन्दरः

भिटामिन के, ए, फोलेट, आइरन, क्याल्सियम, फाइबर, प्रोटिन र जिंकले भरिपूर्ण पालुङ्गोमा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप पालुङ्गोमा १० क्यालोरी मात्रै हुन्छ यसकारण यो तौल घटाउनका लागि उत्कृष्ट खाना हो । यस्तै, चुकन्दर पनि पोषक तत्वले भरिपूर्ण हुन्छ र यसमा क्यालोरी निकै कम हुन्छ । स्ट्यामिना बढाउन पनि निकै फाइदाजनक छ चुकन्दर । तपाईं चुकन्दरलाई सलादको रुपमा खान सक्नुहुन्छ वा यसको जुस पिउन सक्नुहुन्छ ।

ओखर र बदामः

एन्टिअक्सिडेन्ट, फोलेट, ओमेगा थ्री फ्याटी एसिड, कपर र प्रोटिनले भरपुर ओखर पनि तौल घटाउन चाहनेहरुका लागि बरदान सरह हो । साथै ओखरले मधुमेह पनि नियन्त्रणमा राख्न मद्दत गर्छ । ओखर झैं बदामले पनि रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । साथै तौल घटाउनुका साथै मुटुजन्य रोगबाट टाढा राख्न पनि बदामले सहयोग गर्छ ।

बन्दा र काउलीः

बन्दा पनि फाइबरले भरपुर कम क्यालोरीयुक्त तरकारी हो । यसले रगतलाई सफा गर्नुका साथै पेटसम्बन्धी समस्यालाई टाढा राख्न मद्दत गर्छ । तर बन्दा खानुअघि यसलाई उमाल्न आवश्यक छ ।  यसबाहेक काउली पनि एउटा यस्तै तरकारी हो जसमा अत्यधिक फाइबर हुन्छ र यसमा विभिन्न प्रकारका पोषक तत्व हुन्छन् ।

गोलभेडा र करेलाः

करेला तितो हुने भएकोले धेरैलाई यो मन नपर्न सक्छ । तर करेला पनि पोषक तत्वले भरपुर हुन्छ । यसमा ८५ देखि ९५ प्रतिशत पानी हुन्छ जसले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न सक्छ । यसमा क्यालोरी पनि हुँदैन त्यसकारण यो तौल घटाउन निकै फाइदाजनक हुन्छ । भिटामिन सीले भरिपूर्ण गोलभेडाले एउटा यस्तो हर्मोन रिलिज गर्छ जसले लामो समयसम्म भोक लागेको महसुस गराउँदैन । गोलभेडामा पनि क्यालोरी कम हुन्छ त्यसकारण तौल घटाउन चाहने मानिसहरुले यसलाई निधक्क खान सक्छन् ।

मूला र लसुनः

लसुन एउटा यस्तो सुपरफुड हो जसले उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र उच्च रक्तचापसँग लड्न सहयोगी भूमिका निभाउने गर्छ । भोकलाई नियन्त्रणमा राख्न मद्दत गर्ने लसुनलाई यसकारण पनि सुपरफुड भनिन्छ । यसबाहेक फाइबरले भरिपूर्ण मूला पनि तौल घटाउनमा सहयोग गर्छ । मूलालाई सुप, सलाद वा सब्जीको रुपमा खान सकिन्छ ।

स्याउ र केराः

हरेक दिन एउटा स्याउ खाँदा स्वास्थ्य त राम्रो हुन्छ नै यसो गर्दा तौल पनि घट्ने गर्छ । फाइबरले भरिपूर्ण स्याउमा हेल्दी ब्याक्टेरिया पनि हुन्छ जसले पाचनक्रियामा मद्दत गर्छ । साथै यसमा क्यालोरी पनि निकै कम हुन्छ । यस्तै, केरा खाँदा तौल बढ्छ भन्ने भ्रम छ तर वास्तवमा केरामा हुने फाइबरका कारण यसले तौल घटाउन मद्दत गर्छ । त्यसकारण वर्कआउट सेसन पछि केरा खानु निकै राम्रो मानिन्छ ।

बेसार र दालचिनीः

दालचिनी पाउडरको प्रयोग चिया बनाउने बेला र बेकिङको क्रममा प्रयोग हुन्छ । खाएपछि हाम्रो शरीरमा इन्सुलिन बढ्छ जसका कारण बोसो बढ्न थाल्छ । दालचिनीले यही प्रक्रियालाई रोक्ने गर्छ । दालचिनीमा क्यालोरी पनि कम हुन्छ । यस्तै बेसारको कुरा गर्ने हो भने यो औषधीय गुणले भरिपूर्ण हुन्छ, यसले पाचन सम्बन्धि समस्या हटाएर तौल घटाउन पनि सहयोग गर्छ ।

 अण्डा र कालो कफीः

अण्डा पनि पोषक तत्वले भरिपूर्ण हुन्छ र भन्ने हो भने यो पोषक तत्वको पावरहाउस हो । प्रोटिनको उत्कृष्ट स्रोत हो अण्डा र तौल घटाउन चाहनेहरुलाई प्रोटिनको आवश्यकता हुन्छ । अण्डाको सेतो र पहेँलो दुबै फाइदाजनक छ । अण्डाको पूरा फाइदा चाहिएको छ भने यो बिहानको खानामा सेवन गर्नुहोस् । कालो कफीले पनि मेटाबोलिजम बढाउन र तौल कम गराउन सहयोग गर्छ ।

मुसुरोको दाल र जैतुनको तेलः

उच्च फाइबर र प्रोटिनले भरिपूर्ण मुसुरोको दालले पेटको वरिपरि जम्मा भएको बोसो घटाउन मद्दत गर्छ । यसमा भिटामिन र आइरनजस्ता थुप्रै पोषक तत्व पनि हुन्छन् । खाना पकाउनका लागि जैतुनको तेलको पनि प्रयोग गर्न सकिन्छ । जैतुनको तेलमा मोनोस्याचुरेटेड फ्याट हुन्छ जसले विभिन्न रोगबाट बचाएर तौल घटाउन मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप