मोडलले प्रेम प्रस्ताव अस्विकार गरिन् तर ३ करोड बढीको औंठी छोड्न सकिनन्

इन्स्टाग्रामकी एक चर्चित मोडलले २ लाख ५० हजार पाउन्ड (करिब ३ करोड ८० लाख) पर्ने इन्गेजमेन्ट रिङ्ग स्विकार त गरिन् तर व्यक्तिको प्रस्ताव भने अस्विकार गरेकी छिन् ।
लण्डनकी अमान्दा क्रोनिनलाई एक सुन्दर अपरिचित व्यक्तिले भान क्लिफ एण्ड आरपेल्स ब्रान्डको हिराको औंठी दिएर प्रस्ताव गरेका थिए । उनीहरु न्यूयोर्क होटलमा पहिलो पटक भेटेका थिए ।
इन्स्टाग्राम मोडलको रुपमा परिचित उनलाई प्रस्ताव गर्ने व्यक्ति उत्तरी युरोपका निकै प्रभावशाली व्यक्ति भएको अमान्दाले जानकारी दिइन् ।
डेली मेलसँगको कुराकानीमा उनले भनिन्, ‘निकै सुन्दर एक पाको व्यक्तिले मलाई हेरिरहेको मैले देखेँ । उनले मलाई उनको नम्बर र नाम दिए ।’
इन्स्टाग्राममा ५१ हजार ९ सय फलोअर्स भएकी उनले नम्बर पाएको दोस्रो दिन मेसेज पठाएको र त्यसलगत्तै उनको फोनमा मायाका शब्दले भरिएका मेसेजको बाढी आएको बताइन् ।
तर उनले तत्काल थाहा पाइन् कि ती व्यक्तिको श्रीमती पनि छिन् ।
उनले थपिन्, ‘मैले उनलाई सायद म तपाईंलाई भेट्न सक्दिनँ होला भनेँ । उनले आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याउन लागेको भन्दै प्रस्ताव दिए ।’
‘अन्ततः हामी लण्डनमा भेट्यौं र उनले मलाई पुनः प्रस्ताव गरे । यसपटक १० क्यारेटको औंठीसहित । त्यतिबेलाको स्थिती अचम्मको थियो । मैले उनलाई औंठी फिर्ता लिन भनेँ तर औंठी मैले स्विकारे उनी खुसी हुने उनले बताए ।’
अमान्दा अहिले क्यानेडेली युवकसँग प्रेममा छिन् तर उनको नाम बताउन भने अस्विकार गर्छिन् ।
उनले इन्स्टाग्राममा राख्ने फोटो र भिडियोलाई हेर्ने हो भने त्यसमा उनले निकै ठूलो औंठी लगाइरहेको देख्न सकिन्छ ।
उक्त औंठी बेलायती राजकुमार ह्यारीकी श्रीमती मेगन मर्कलले लगाएको औंठीको मूल्य जत्ति नै पर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध