जाडोमा तौल घटाउन खानुहोस् यी ५ खानेकुरा
जाडो मौसममा तौल बढ्ने सम्भावना धेरै हुन्छ । जाडोको समयमा पाचन प्रक्रिया तन्दुरुस्त हुने हुँदा छिट्टै भोक लाग्छ । जसले गर्दा मानिसहरु धेरै खाने गर्छन् । र, चिसोको कारण व्यायाम नगर्ने र धेरै सुत्ने गर्छन् । त्यसले गर्दा शरीरको तौल एक्कासी बढ्ने गर्छ ।
चिसो मौसममा शरीरको तौल धेरै बढ्ने भएकाले कस्ता खानेकुरा खाँदा तौल सन्तुलन राख्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ ।
जसमा गाजर, चुकन्दर, दालचिनी, मेथी, अम्बा जस्ता फलफूलले शरीरको तौल सन्तुलन गरिरहन मद्दत गर्ने विज्ञहरु बताउँछन् ।
गाजर
गाजरमा धेरै मात्रामा भिटामिन, फाइबर, क्यारोटिन, एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । जसले पेटसम्बन्धी समस्याहरुबाट छुटकारा दिलाउँछ । साथै, यसले आँखाको देख्ने क्षमता पनि बढाउँछ । यसको सेवनले मधुमेह र रक्तचापजस्ता रोगहरु नियन्त्रण गर्छ र क्यालोरीको मात्रा कम गरी अनावश्यक तौल बढ्न दिँदैन ।
चुकन्दर
यसमा क्याल्सियम, मिनरल्स, म्याग्नेसियम, आइरन, पोटासियम, आयोडिन, भिटामिन जस्ता तत्वहरु पाइन्छन् । फ्याट र क्यालोरीको मात्रा कम हुने भएकाले तौल घटाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
दालचिनी
प्रायः भान्सामा मसलाको रुपमा प्रयोगमा आउने दालचिनीमा थुप्रै औषधिय गुणहरु हुन्छन् । यसमा पाइने एन्टीअक्सिटेन्ट गुणले केही रोगहरुबाट समेत बचाउँछ । एक चम्चा दालचिनीको पाउडर, एक चम्चा मह र एक चम्चा कागतीको रस तातो पानीमा उमालेर पिउँदा तौल सन्तुलनमा आउँछ ।
मेथी
चिसोमा आफ्नो शरीरमा अनावश्यक फ्याटको मात्रा कम गराउँन मेथीको प्रयोग लाभदायी सावित हुनेछ । यसले रगतमा मधुमेहको मात्रा कम गर्न र इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा मेटाबोलिज्म प्रक्रिया तन्दुरुस्त राख्न सहयोग गर्छ ।
अम्बा
अम्बा खाँदा पेटसँग सम्बन्धित सम्पूर्ण रोगहरु निको हुन्छ । यसमो प्रोटिन, फाइबर, भिटामिन जस्ता तत्वहरु पाइन्छन् । जसले पाचन प्रक्रिया ठिक राख्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा