नयाँ वर्षको शुभकामना दिँदै डोनल्ड ट्रम्पले किन भने ‘यो चेतावनी होइन, धम्की हो’ ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् ।
इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।
नयाँ वर्षको पूर्व सन्ध्यामा राष्ट्रपति ट्रम्पले यसका लागि इरानले कुनै क्षती र कसैको मृत्यु भए ‘निकै ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् ।
....Iran will be held fully responsible for lives lost, or damage incurred, at any of our facilities. They will pay a very BIG PRICE! This is not a Warning, it is a Threat. Happy New Year!
— Donald J. Trump (@realDonaldTrump) December 31, 2019
‘यो चेतावनी होइन, धम्की हो,’ उनले भने । यससँगै उनले नयाँ वर्षको शुभकामनासमेत दिएका छन् ।
अमेरिकी रक्षा सचिव मार्क एस्परले करिब ७ सय ५० सैनिकलाई उक्त क्षेत्रमा तैनाथ गरिने जानकारी दिएका छन् ।
‘संयुक्त राज्यले हाम्रा मानिस र हामीमा रुची राख्ने संसारभरी छरिएका व्यक्तिहरुको रक्षा गर्नेछ,’ उनले ट्वीटरमा लेखे ।
यद्यपि, इरानले ट्रम्पले आरोप लगाउन ‘दुस्साहस’ गरेको भन्दै खण्डन गरेको छ ।
इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।
प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक