बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धर्ती मर्मत गर्नेहरुलाई विलियम र केटद्वारा पुरस्कारको घोषणा

बुधबार, १६ पुस २०७६, ०७ : २४
बुधबार, १६ पुस २०७६

क्याम्ब्रिजका ड्युक र डचेजले धर्ती मर्मत गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका छन् । विलियम र केट मिडल्टनले मौसम सम्बन्धि मुद्दाहरुको समाधान गर्नेहरुलाई पुरस्कारको घोषणा गरेका हुन् ।

सन् २०२१ र २०३० को बीचमा पाँचजना बिजेतालाई प्रत्येक वर्ष ‘अर्थसट प्राइज’ दिइनेछ ।

जो व्यक्ति वा संस्थाले वातावरणका समस्याको समाधान निकाल्छन्, उनीहरुलाई नगद पुरस्कार दिइनेछ ।

केन्सिङ्गटनरोयल नामको इन्स्टाग्राम अकाउन्टमा यसबारे भिडियो पोष्ट गरिएको छ ।

पुरस्कारको घोषणा आधिकारिक रुपमा सन् २०२० को अन्त्यमा गरिनेछ ।

मौसम परिवर्तन र वायु प्रदुषणलगायत विश्वका सबैभन्दा ठूला समस्याका कम्तीमा ५० वटा समाधान पाउने उद्देश्यसहित श्रृङ्खलाबद्धरुपमा चुनौतीहरुको घोषणा गरिने जानकारीमा उल्लेख छ ।

पुरस्कार घोषणा गर्नुअघि ६० संस्था र विज्ञहरुबाट परामर्श लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप