छोरी र बुहारीलाई करोड छात्रवृत्ति
बुधबार, १६ पुस २०७६, ०७ : ०६

घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ ।
सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । योजना अघि सारिएसँगै अब छोरी/बुहारीलाई केही राहत मिल्ने देखिन्छ ,
चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरी/बुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ ।
सामाजिक मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले ४ सय छोरी/बुहारीका लागि १ करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला