इराकस्थित अमेरिकी राजदूतावास वरिपरि ढुंगामुढा भएपछि....
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरिपरिसम्म आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गरेका छन् ।
उनले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ इरानी सुरक्षाकर्मीलाई तैनाथ गर्न आग्रहसमेत गरेका छन् ।
ट्रम्पले आफ्नो ट्वीटरमार्फत जारी सन्देशमा भनेका छन, ‘हामी चाहन्छौँ इराकले अमेरिकी राजदूतावासको सुरक्षाका लागि आफ्नो सुरक्षाबल तैनाथ गरोस् ।’
इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।
राष्ट्रपति ट्रम्पले आक्रमण इरानले गराएको भन्दै यसमा तेहरान जिम्मेवार हुनुपर्ने बताएका छन् ।
ट्वीटरमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।’
इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।
प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु