शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षको पूर्वसन्ध्यामा स्वयम्भूमा दीप प्रज्वलन, बुद्ध र सगरमाथाको देशमा आउन विश्व समुदायलाई आह्वान

मङ्गलबार, १५ पुस २०७६, २३ : ०३
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा स्वयम्भू स्तुपामा संयुक्त दीप प्रज्वलन गरिएको छ । विश्व सम्पदा सुचिमा समेत सुचिकृत स्तुपाबाट भ्रमण वर्षको स्वागतसहित विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । 

वुद्ध वल्र्ड टुरिजम राइटर्स नेपालको आयोजनामा मंगलबार साझ भएको उक्त दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र सगरमाथाको देश विश्वमा नै अनुपम भएको भन्दै विश्व समुदायलाई आउन आग्रह गरे । 

‘नेपाल सुन्दर छ । विश्वका १० अग्ला हिमश्रृङ्खलाहरु मध्य ८ हजार माथिका ८ वटा हिमाल हाम्रै देशमा छ । त्यसमाथि विश्वको अग्लो शिखर सगरमाथा हाम्रै देशमा छ ।’ खनालले भने, ‘विविधताले भरिपूर्ण नेपाल साँच्चै प्राकृति, सांस्कृतिक, एतिहासिक तथा पुरातात्विक संपदाहरुले भरिपूर्ण छ ।’

कार्यक्रममा बोल्दै खनाले एकपटक नेपाल घुम्न आउन विश्व समुदाय आग्रह समेत गरेका छन् । यस्तो भूमिलाई विश्वमा चिनाउनु पर्ने र त्यसको लाभ नेपालले लिनु पर्ने उनको भनाई थियो । यसै अवसरमा उनले नेकपाको सरकारले भ्रमण वर्षको नेतृत्व गरेकोमा उनले पूर्ण सफलताको कामना समेत गरे ।

भ्रमण वर्षलाई नै स्वागत गर्ने गरी आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमा दीपद्धारा नै राष्ट्रिय झण्डा बनाइएको थियो । पृष्ठमा रंग तथा अविरले नेपालको झण्डा बनाइएको थियो भने, स्वयम्भू नाथको छिंडी (पाउ)मा दीपद्धारा राष्ट्रिय झण्डा बनाइएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वुद्ध वल्र्ड टुरिजम राइडर्सका संस्थापक अध्यक्ष माधव प्रसाद पाण्डेले नेपालको पर्यटन प्रवद्र्धनका लागि सधै संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको र भविष्यमा पनि यस्तो काम गर्दै जाने बताउदै भ्रमण वर्षको स्वागतमा दीप प्रज्वलन कार्यक्रम राखिएको बताए । यसै अबरमा पाण्डेले अब संस्थाले पर्यटनको नारा लिएर प्रचार प्रसारमा अन्तराष्ट्रिय बजार समेत जाने उद्घोष गरे ।

 दीप प्रज्वलन गर्दै भ्रमण वर्ष स्वागत गरेको संस्थाले भोलि हुने भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रमा समेत ¥यालीको आयोजना गर्दैछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप