बन्द जारी, वीरगञ्ज बजार भने खुल्ला
वीरगञ्ज – राजपाले गत मंगलबारबाट आव्हान गरेको बन्दलाई वीरगञ्जका व्यपारीले अवज्ञा गर्दै पसल तथा बजार खोलेका छन् । सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय गरेपछि विस्तारै खुल्दै गएका पसलहरु आइतबारसम्म आउदा पूर्ण रुपमा खुलेका हुन् ।
बन्दको छैठौँ दिन आज विहान बन्दकर्ताले वीरगंजको घण्टाघरमा टायर बालेर प्रदर्शन गरेका थिए भने हिजो नवलपरासीमा महन्थ ठाकुरले सम्बोधन गरिरहँदा कार्यक्रमस्थलमा गोलि चलाएको विरोधमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरको पुत्ला दहन गरेका थिए ।
बजार बन्द गराउन घण्टाघरमा पाल टाँगेर बसेका राजपाका न्युन संख्यामा रहेका कार्यकर्ताहरु पनि दिउँसोबाट हराएका छन् । सरकारले राजपासँगको सहमतिमा प्रदेश नम्बर दुईको निर्वाचन सारेको बताईरहेको छ भने राजपाले आफुहरुले त्यस्तो आग्रह नगरेको बताएपछि कार्यकर्ताहरुमा समेत अन्यौलता बढ्दा आन्दोलनको कार्यक्रम फितलो भएको हो ।
यसैबीच बजार खुलेपनि लामो दुरीका सवारीका साधन भने अझै संचालनमा आउन सकेको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेन्द्र यादव पक्राउपछि विरोधमा उत्रिए निलम्बित उपाध्यक्ष, १० बुँदे धारणा सार्वजनिक
-
सुनको मूल्यले रेकर्ड बनाएको दिन न्यूरोडका पसलमा यस्तो देखियो (फोटो फिचर)
-
पोप फ्रान्सिसको निधन
-
धनुषको ‘इडली कढाई’ को सेटमा आगलागी
-
आधारभूत सहकारीको साढे १४ करोड हिनामिना, अध्यक्षसहित ९ जना अझै फरार
-
कर्मचारीको कुलिङ पिरियडमा विभेदकारी नीति राख्न नहुनेमा जोड