बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल भ्रमण वर्ष २०२० : पूर्वसन्ध्यामा स्वयम्भूमा दिपावली (फोटोफिचर)

मङ्गलबार, १५ पुस २०७६, २० : ०५
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा स्वयम्भू स्तुपामा संयुक्त दीप प्रज्वलन गरिएको छ । विश्व संपदा सुचिमा समेत सुचिकृत स्तुपाबाट भ्रमण वर्षको स्वागतसहित विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । 
वुद्ध वल्र्ड टुरिजम राइटर्स नेपालको आयोजनामा मंगलबार साझ भएको उक्त दीप प्रज्वलन कार्यक्रममा दीप प्रज्वलन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले शान्तिका अग्रदुत गौतम वुद्धको जन्मभूमी र सगरमाथाको देश विश्वमा नै अनुपम भएको भन्दै विश्व समुदायलाई आउन आग्रह गरे । 

कार्यक्रमलाई संवोधन गर्दै वुद्ध वल्र्ड टुरिजम राइडर्सका संस्थापक अध्यक्ष माधव प्रसाद पाण्डेले नेपालको पर्यटन प्रवद्र्धनका लागि सधै संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको र भविष्यमा पनि यस्तो काम गर्दै जाने बताउदै भ्रमण वर्षको स्वागतमा दीप प्रज्वलन कार्यक्रम राखिएको बताए ।

हेरौं तस्बिरमाः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप