शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपबासले आयु लम्बिने

मङ्गलबार, १५ पुस २०७६, १९ : २२
मङ्गलबार, १५ पुस २०७६


उपवास बस्नु स्वास्थ्यको लागि फाइदाजनक कि हानिकारक ? यसको जवाफ सकारात्मक र नकारात्मक दुवै आउन सक्छ । तर पछिल्लो पटक गरिएको एक अध्ययनमा बेलाबखतमा दिनको १६ देखि १८ घण्टासम्म उपवास बस्दा स्वास्थ्यको लागि फाइदाजनक हुने देखिएको छ । त्यसअनुसार, त्यसरी उपवास बस्दा मानिसको आयु लम्बिनेछ ।

द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार त्यसरी उपवास वस्दा मानिसको रक्तचाप घट्ने, तौल घट्ने र आयु लम्बिने देखिएको छ ।

उक्त अध्ययनले चिकित्सकहरुलाई मोटोपन, क्यान्सर, डाइबिटिज र मुटुसम्बन्धी रोगहरुमा उपवास गर्ने सुझाव दिनको लागि सजिलो हुने भएको छ ।

सीएनएन

Title photo: https://cdn.mos.cms.futurecdn.net

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप