एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५०% छुट
काठमाडौं– सन् २०२० को पहिलो दिन जनवरी १ मा एनसेलले ग्राहकका लागि विषेश छुट दिने भएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।
एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जीबी र ६ जीबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।
यो अफर यहि बुधबार (पुष १६) गते देखि लागु भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जीबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहि योजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्ने मासिक ६ जीबी (३ जीबी+३ जीबी फोरजी डेटा) डेटा प्याक कर सहित मात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
-
कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
-
प्रहरी विधेयक प्रधानमन्त्री कार्यालयमा पेस
-
दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन