बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासलमाथि जाउलाखेलको सानदार जित

मङ्गलबार, १५ पुस २०७६, १४ : १६
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा जाउलाखेलले च्यासललाई २–० गोलले हरायो ।

जाउलाखेलको जितमा रुपबहादुर लामा र विजय घलानले एक एक गोल गरे । ८०औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । ८२औं मिनेटमा विजय घलानले गोल गर्दै जाउलाखेलको जित सुनिश्चित पारे ।

लिगको उपाधि चुम्ने दावी गर्दै आएको च्यासलले भने सोचे जस्तो प्रदर्शन गर्न सकेन । यस हारसँगै च्यासलका कप्तान सन्तोष साहुखलको घरेलु लिगका सय गोल पुर्याउने सपना पनि पर सर्दै गएको छ । अघिल्लो खेलमा पनि च्यासल एनआरटीसँग पराजित भएको थियो । लगातार दुई खेलमा गोल गर्न नसकेको सन्तोष अझै ९९ गोलमा अड्किएका छन् ।

सुरुवाती दुई खेलमा भने सन्तोसले तीन गोल गर्दै कूल लिग करियरको ९९ गोल पुर्याएका थिए । जितसँगै जाउलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ । जाउलाखेलले चार खेलबाट आठ अंक बनाएको छ । समान खेलबाट च्यासलको चार अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप