नयाँ बसपार्कबाट नक्कली सुनसहित २ जना पक्राउ
मङ्गलबार, १५ पुस २०७६, १३ : २६

काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३