बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मङ्गलबार, १५ पुस २०७६, १२ : ४१
मङ्गलबार, १५ पुस २०७६

कञ्चनपुर । आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारालाई  प्रहरीले पक्राउ गरेको छ । 

 मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर

घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप