शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हल्ला सुनेर राती जोडीले पुलिस बोलाए, अनुसन्धान गर्दा चोर होइन रोबोट भेटियो

मङ्गलबार, १५ पुस २०७६, १२ : १२
मङ्गलबार, १५ पुस २०७६

अमेरिकाको उत्तरी क्यारोलिनामा बस्ने एक जोडीले नयाँ खरिद गरेको रोबोट भ्याक्युम क्लिनरको आवाजलाई चोर ठानेर पुलिस बोलाए । पुलिसले घरभरी अनुसन्धान गर्यो तर चोर भेटिएन । ती जोडीले जुन आवाज सुनेका थिए त्यो रोबोट भ्याक्युम क्लिनरको भएको पाइयो ।

फेसबुक पोस्टमा थोमस मिलनले लेखे, ‘आइतबार–सोमबार राती साढे १२ बजे म श्रीमती एलिसासँग फिल्म हेरिरहेको थिएँ । त्यतिबेला आवाज सुनियो । त्यो कुकुर बिरालोले निकालेको जस्तो आवाज फिटिक्कै पनि थिएन । मलाई चोरको जस्तो आशंका थियो । त्यसकारण मैले बन्दुक निकालेँ र चोर देख्नेबित्तिकै टाउको ताकेर हान्छु भन्ने सोचेँ । दुई वर्षकी छोरीको कोठामा चोर छ कि भन्ने पनि मलाई शंका लाग्यो ।’

उनीहरुको घरमा पुगेका पुलिसले घरभरी अनुसन्धान गर्दा सिँढीमा राखिएको रोबोटबाट आवाज आएको बताए ।

थाहा छैन रोबोट आफैं कसरी अन भयो ?

थोमसले भने, ‘हामी यो देखेर अचम्मित भयौं । मैले र एलिसाले दुई दिन अघि मात्रै सफा गर्न रोबोट भ्याक्युम क्लिनर खरिद गरेका थियौं । हामीले यसको नाम ह्यारी राखेका छौं । थाहा छैन यो आफैं कसरी अन भयो जबकी हामीले यस्तो कुनै शेड्युल तय गरेका थिएनौं । रोबोट सिँढी मुनी अड्किएको थियो र बारम्बार भित्तामा ठोक्किएको थियो । त्यसै कारण आवाज आइरहेको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप