बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक

मङ्गलबार, १५ पुस २०७६, ११ : ४७
मङ्गलबार, १५ पुस २०७६

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेश्रो राष्ट्रिय अंतरिक्ष्य चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।

सो प्रतियोगितामा क्याम्पियन स्कुल, लगनखेल, ललितपुरमा कक्षा आठमा अध्ययन रत सुश्री सुयेन भट्टराईे प्रथम भएका छन् । त्यसैगरी गण्डकी बोर्डिङ्ग स्कुल, लामाचौर, पोखरामा कक्षा सातमा अध्ययनरत श्री आशिबा गुरुङ द्वितीय र द सेलिब्रेसन को–एड स्कुल, गोठाटार, काठमाडौँमा कक्षा सातमा अध्ययनरत श्री अमन बस्नेत तृतीय भएका छन् । श्री पन्चकन्या माद्यामिक विद्यालय, छाउनी काठमाडौँमा अध्ययरत सुश्री सरिता रम्तेलले सान्त्वना पुरस्कार जितेका छन् ।
 
प्रतियोगितामा प्रथम हुने  सुश्री सुयेन भट्टराईलाई राजधानीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको १३ औं वर्सिकोत्सवको अबसरमा आयोजना हुने कार्यक्रमबीच टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ। साथै दोश्रो, तेश्रो तथा सान्त्वना हुने विद्यार्थीहरुलाई तक्मा तथा प्रमाणपत्र प्रदान गरिनेछ। कार्यक्रममा काठमाडौँस्थित मेक इञ्जिनियरिङ्गले २०७५ साल देखि टेलिस्कोप प्रयोजन गर्दै आएको छ।

स्मरण रहोस्, गत असोज १ गते देखि मङ्सिर १४ सम्म सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर परेर विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर १–१०) समेत मध्यनजर गरी उक्त तेश्रो राष्ट्रिय अंतरिक्ष चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।

 सोसाइटलीले आधारभूत शिक्षा लिइरहेका विद्यार्थीहरुको लागि वि। सं। २०७४ सालदेखि त्यस किसिमका कार्यक्रम हरेक वर्ष आयोजना गरिदै आएको छ।

द्वितीय पुरस्कार

तृतीय पुरस्कार


सान्त्वना पुरस्कार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप