२९ वर्षीया शिक्षिकाले दान गरेको दूधले ५ जना बच्चाको ज्यान बच्यो !

पेशाले शिक्षिका हुन् उनी, तर उनले यस्तो पुण्य काम गरिन्, जसले गर्दा कैयन नवजात शिशुहरुले जीवनदान पाए ।
उनको नाम हो, रुशिना मारफतिया । उनी गुजरातकी हुन् । २९ वर्षकी रुशिनाले ३ महिनामा १२ लिटर आफ्नै दूध दान गरिन् र ५ जना नवजात शिशुको ज्यान बचाउनमा महत्वपूर्ण योगदान गरिन्
रुशिनाले गत सेप्टेम्बरमा छोरा जन्माएकी थिइन् । उनका छोराले खाइसकेपछि पनि धेरै दूध बनिरहेको थियो । फलतः उनले आपनो त्यो बढी भएको दूध अरु आवश्यकतामा परेका शिशुहरुलाई दान दिने सोच बनाइन् । उनकै अनुरोधमा उनका पिताले अर्पण नवजात शिशु देखभाल केन्द्र फेला पारे, जसलाई लगातार ३ महिनासम्म दान दिइन् ।
उनले दान गरेका दूध आइसीयूमा भर्ना गरिएका गम्भीर विरामी बच्चाहरुलाई प्रदान गरिएको थियो । ती बच्चाहरुको जन्म समयपूर्व नै भएको थियो र तिनका आमाहरु अत्यन्तै कमजोर र स्तनपान गराउन असमर्थ थिए । सामान्यभन्दा अति कम अर्थात् ६०० ग्रामदेखि डेढकिलोसम्म तौल रहेका ती बच्चाहरुलाई रुशिनाले दान गरेका दूध नियमित पिलाइएको थियो, जसले तिनीहरुको जीवनरषा गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।
डा. आशीष मेहताले सञ्चालन गरेको सो केन्द्र त्यहाँ दूध बैंकको रुपमा काम गर्ने गर्छ । अहिलेसम्म उक्त बैंकमा ९० लिटर दूध दानमा जम्मा भइसकेको छ, जुन दूध ६०० बच्चाहरुलाई खुवाउन पुग्छ । उक्त दूध बैंकमा करिब २५० जना महिलाहरु जोडिएका र तिनीहरुले नियमित रुपमा आफ्नो दूध दान गर्ने गरेका छन् ।
स्रोतः दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’