भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई
मङ्गलबार, १५ पुस २०७६, ०६ : ५६

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन् ।
भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर प्रदेशमा पठाए पनि अहिलेसम्म कुनै प्रक्रिया नआएको प्रमुख बुढाले बताए । ‘अहिलेसम्म प्रदेशबाट कुनै कार्यक्रम आएको छैन, यदी कुनै कार्यक्रम तय भएर आयो भने सो अनुरुप तयारी गर्छौं,’ उनले भने । यो समाचार आजको आर्थिक अभियानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा
-
परिवारका सदस्यलाई सैन्य कारबाहीको योजना साझा गरेपछि अर्को लफडामा अमेरिकी रक्षामन्त्री
-
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम, पेन्सन पाउनेले वृद्धभत्ता नपाउने