शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिआइजी पोख्रेल जब मध्यरातमा आकस्मिक रुपमा नागढुङ्गा पुगे....

सोमबार, १४ पुस २०७६, २३ : ३९
सोमबार, १४ पुस २०७६

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) विश्वराज पोखरेलले बेलुका ११ बजे नागढुङ्गा चेक प्वाइन्टको निरिक्षण गरेका छन् ।
कन्ट्रोल १ समेत रहेका एसपी रेवती ढकालसहित पुगेका डीआईजी पोखरेलले करिब आधा घण्टा नागढुङ्गा चेक पोष्टमा निरिक्षण अवलोकन गरेका हुन् ।

पुस २ गते मेट्रोमा सरुवा भएका पोखरेलले नागढुङ्गा पुगेर थानकोट बृत्तका डिएसपी घनश्याम श्रेष्ठ, नागढुङ्गा प्रहरी प्रभागका ज्ञानवहादुर खड्का र महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेमराज रावतलाई जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी काम गर्न र  कानून कार्यान्वयनमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

डिआइजी पोखरेले अपराध नियन्त्रण र नागरिकको चाहनाअनुसारको प्रहरीको ब्यवहारमा पनि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले प्रहरी कर्मचारी कुनै पनि गलत काममा फेला परे कडा कार्वाही गर्ने भन्दै बर्दीमा दाग लाग्ने कुनै काम नगर्न समेत निर्देशन दिए । यस्तै आफू मातहतका प्रहरी कर्मचारीलाई प्रहरीको यही नीतिअनुसार हिँडाउन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए ।

पोखरेलले नाकाबाट हुने गैरकानुनी कृयाकलाप, तस्करी, भन्सार छली, लागुऔषध ओसारपसार, महिला बालबालिका ओसारपसार,चोरीपैठारी लगायत कृयाकलाप रोक्नका लागि प्रहरी चुस्त रहनुपर्नेमा समेत जोड दिए ।
पोखरेलले नागढुङ्गा नाका निकै सम्वेदनशील नाका भएका कारण पनि उच्च सतर्कता निभाउन र अवाञ्छित कृयाकलाप रोक्न प्रहरीले कुनै कसर बाँकी राख्न नहुने धारणा राखेका थिए ।

कसैलाई जानकारी नदिई आकस्मिक रुपमा पुगेका पोखरेलले महानगरीय प्रहरी प्रभाग नागढुङ्गा बृत्त थानकोट बलम्वुमा रहेको कार्यालय, काम गर्ने तरिका, खाना पकाउने स्थान, डिउटी कक्ष, हिरासत कक्ष, सिसी टिभी कक्ष  लगायतको निरीक्षण समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप