बलात्कार आरोपी सिद्धबाबा तीन लाख धरौटीमा रिहा
![बलात्कार आरोपी सिद्धबाबा तीन लाख धरौटीमा रिहा](https://rpcdn.ratopati.com/media/albums/sidha-baba_wtUVlP7uM7.jpg)
सुनसरी । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदास रु तीन लाख धरौटीमा आज रिहा भएका छन् । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा रिहा गरिएको हो ।
उनको मुद्दा जिल्ला अदालत इनरुवा सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उहाँलाई रु तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।
सिद्धबाबाको मुद्दामा थुनछेक बहसका लागि न्यायाधीश बीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेञ्चमा परेको थियो ।
काठमाडौँबाट चतराधाममा रहेको सिद्धबाबा भनिने गिरीको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएकी थिइन् ।
सिद्धबाबा गिरीको विरुद्धमा प्रहरीमा मुद्दा दर्ता भएपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको सघन उपचार कक्षमा भर्ना भएका थिए । भर्ना भएकै बेला सिद्धबाबा गिरीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले मङ्सिर १६ मा पक्राउ गरेको थियो ।
यसैबीच सिद्धबाबा धरौटीमा रिहा भएसँगै उनका समर्थकले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि खुशियाली मनाएका थिए । उनको समर्थनमा आएका उनका अनुयायीले सिद्धबाबा गिरी रिहा भएसँगै खुशीयाली बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’