शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपी सिद्धबाबा तीन लाख धरौटीमा रिहा

सोमबार, १४ पुस २०७६, २१ : १६
सोमबार, १४ पुस २०७६

 सुनसरी । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदास रु तीन लाख धरौटीमा आज रिहा भएका छन् । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई धरौटीमा रिहा गरिएको हो । 

उनको मुद्दा जिल्ला अदालत इनरुवा सुनसरीमा दुई दिनसम्म चलेको थुनछेक बहस सकिएपछि अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उहाँलाई रु तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । 

सिद्धबाबाको मुद्दामा थुनछेक बहसका लागि न्यायाधीश बीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेञ्चमा परेको थियो । 

काठमाडौँबाट चतराधाममा रहेको सिद्धबाबा भनिने गिरीको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते आफूलाई जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएकी थिइन् ।

सिद्धबाबा गिरीको विरुद्धमा प्रहरीमा मुद्दा दर्ता भएपछि मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको सघन उपचार कक्षमा भर्ना भएका थिए । भर्ना भएकै बेला सिद्धबाबा गिरीलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद शर्माको कमाण्डमा खटिएको प्रहरीको टोलीले मङ्सिर १६ मा पक्राउ गरेको थियो । 

यसैबीच सिद्धबाबा धरौटीमा रिहा भएसँगै उनका समर्थकले जिल्ला अदालत इनरुवा सुनसरी अगाडि खुशियाली मनाएका थिए । उनको समर्थनमा आएका उनका अनुयायीले सिद्धबाबा गिरी रिहा भएसँगै खुशीयाली बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप