शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ डायरीज’को ‘छमछम’मा भाइरल बालगायिका कमलाको दोहोरी

सोमबार, १४ पुस २०७६, २० : ११
सोमबार, १४ पुस २०७६

काठमाडौं । आगामी फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लभ डायरीज’को ‘छमछम’ बोलको दोस्रो गीत सार्वजनिक गरिएको छ । 

सोमबार राजधानीमा एक कार्यक्रममा बिच सार्वजनिक गीतमा फिल्मका अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री रुबिना थापासँगै टिकटकमा हिट ‘ट्वीन्स गर्ल’ प्रिष्मा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ । 

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल र सुरेश लामाको स्वर छ । गीतको अन्तिम हरफमा दोहोरी गायर भाइरल बालगायिका कमला घिमिरेको पनि स्वर रहेको छ । कमला भिडियोमा पनि देखिएकी छन् । गीतको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् ।

फिल्मको प्रचारका लागि सहयोग पुग्छ भन्ने हेतुले गीतमा ‘ट्वीन्स गर्ल’ र कमला घिमिरे समेटिएको कार्यक्रममा निर्माण युनिटले जानकारी दिए । सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील र रुबिनाको अलवा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायत कलाकारको अभिनय छ ।

युवायुवतीबीचको मायाप्रेमको कथामा बनेको फिल्मका निर्माता  विनोद सापकोटा हुन् । उनलाई निर्माणमा सरोज तुलाधरले पनि सधाएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा उपस्थित भएका ‘ट्वीन्स गर्ल’ प्रिष्मा र प्रिन्सी पहिलो पटक फिल्मको गीतमा नृत्य गर्न पाउँदा खुसी लागेको बताए । संगीतकार पोखरेल गीत अनुसार भिडियो बनेकोमा खुसी ब्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप